असार ३२ गते साँखु जेसीजले रक्तदान कार्यक्रम गर्ने !



लावण्य/साँखु । जेसीज सप्ताह अन्तर्गत साँखु जेसीजको आयोजनामा यही असार ३२ गते साँखुको चलाखु टोलमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

रक्तदान कार्यक्रमका संयोजक आबिन श्रेष्ठ हुनुहुन्छ । जेसीज सप्ताहका मूल संयोजक अमन श्रेष्ठ रहनुभएको छ ।

यस अघि विभिन्न संघ संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम केही हप्ता अगाडि मात्रै भएको थियो ।

साँखु जेसीजले यस अघि रक्तदान कार्यक्रमको आयोजना गर्दा करीब ७० पिण्ट देखि १०० पिण्ट सम्म रगत संकलन गरेको रेकर्ड रहेको छ ।

रक्तदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने साँखु जेसीजका महासचिव गणेश दुलालले जानकारी दिनुभएको छ । रक्तदानको कुनै विकल्प नभएको हुँदा रक्तदान कार्यक्रममा सहभागी हुन समेत उहाँले समुदायमा अनुरोध गरेको छ ।

Facebook Comments Box