असोज ६ गतेदेखि असोज १२ गतेसम्मको राशीफल -– ज्यो. धनानन्द

मेष ः
समय मध्यम रहेको छ । कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमात्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
वृष ः
आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् । मानसिक तनाव बढ्नेछ । पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ । व्यापार व्यवसाय र छोटा यात्राहरुको अवसर प्राप्त हुनेछ ।
मिथुन ः
पेटको समस्या देखा पर्न सक्छ । अनावश्यक वाद विवाद बढ्नेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट ः
माता पिताको सहयोग पाइनेछ । शत्रु बढेपनि विजय तपाइँको हुनेछ । विश्वास गरेका साथीहरबाट धोका पाउने योग छ ।
सिंह ः
सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ । पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ । यात्रामा विशेष सतर्कता अपनाउनुहोला ।
कन्या ः
साथीभाईले सहयोग गर्नेछन् । पठन पाठनका लागि स्थानान्तरण हुनेपर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साता मध्यम खालको छ ।
तुला ः
उत्साह बढ्नेछ । व्यवसायमा सफलता मिल्नेछ । खर्च वृद्धि हुनेछ । आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ । मनमा हर्ष र उत्साह बढ्नेछ ।
वृश्चिकः
आय आर्जनमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । वैदेशिक व्यापारमा प्रशस्त लाभ हुने देखिन्छ ।
धनु ः
शत्रु बढ्नेछन् । व्यवसायमा सामान्य अवरोध आउला । रमाइलो यात्राको योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । परिवाजनसँग समय वित्ने योग छ ।
मकरः
शत्रुपक्षबाट सतर्क रहनु होला । यात्राको अवसर मिल्नेछ । पत्नीबाट सहयोग पाईनेछ । ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेष सतर्कता अपनाउनुहोला । साताको अन्त्यमा विशेष कुराको प्राप्ति हुनेछ ।
कुम्भ ः
अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ । वैदेशिक यात्रा त्यति फलदायी छैन । शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ ।
मीनः
व्यापार व्यवसायमा अवरोध सिर्जना हुने देखिन्छ । मनमा भय र त्रास रहने हुँदा कुनै पनि काममा स्थिरता रहनेछैन । आफन्त साथी भाईको सहयोग मिल्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.