आज कता कता
– राजेश श्रेष्ठ
आज कता कता मुटु दुःखी आँशु झरिराछन्
मेरा यी नजरहरु तिम्रै बाटो हेरिराछन्
सँगै जिउने सँगै मर्ने बाचा कसम सम्झिराछन्
फेरी मुटुका घाउहरु दुःख्न थालिराछन्
बाचा तोड्यौ, साथ छोड्यौ गयौ जिउँदै जलाएर
भित्र भित्रै तड्पाएर मायाँ मोडिराछन्
आज कता कता मुटु दुःखी आँशु झरिराछन्
मेरा यी नजरहरु तिम्रै बाटो हेरिराछन् ।।
Facebook Comments Box