आम निर्वाचनमा अहिलेसम्म को को विजयी भए ?


२०७९ मंसिर ७ गते बुधबार

लावण्य/साँखु । नेपाली काँगे्रसका प्रतिनिधि सभातर्फ मुस्ताङबाट योगेश गौचन थकालीले विजयी सुरुवात गरेपछि सँगसँगै मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापा विजयी भएका छन् । काठमाडौँ क्षेत्र नं. ५ बाट प्रदिप पौडेल, काठमाडौँ क्षेत्र नं. ३ बाट सन्तोष चालिसे, काठमाडौँ क्षेत्र नं. १० बाट राजेन्द्र कुमार केसी, ललितपुर १ बाट उदय समशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी तनहुँ २ बाट शंकर भण्डारी, रसुवा १ बाट मोहन आचार्य, पर्सा ४ बाट रमेश रिजाल विजयी हुनुभएको छ भने डडडेलधुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

त्यसैगरी प्रदेश सभा तर्फ छिरिङ दोर्जे लामा काठमाडौँ क्षेत्र नं. ३ प्रदेश क बाट विजयी भएका छन् भने मनाङ क बाट मुनिन्द्र जङ्ग गुरुङ, मुस्ताङबाट नम्दु गुरुङ र विकल शेरचन विजयी भएका छन् । त्यसैगरी सिन्धुली २(क) बाट क्षेत्र बहादुर बम्जन, जाजरकोट (ख) बाट राजीव विक्रम शाह, ओखलढुंगा (क) बाट प्रदिप कुमार सुनुवार, पर्सा २(क) बाट श्याम प्रसाद पटेल, ललितपुर १(ख) बाट मीनकृष्ण महर्जन, काठमाडौँ ३(ख) बाट विमल ठकुरी, काठमाडौँ १०(क) बाट पुकार महर्जन, भक्तपुर १(क) बाट सुरेश श्रेष्ठ, ललितपुर २(ख) बाट रामकृष्ण चित्रकार, काठमाडौँ ६(क) बाट हरिप्रभा खड्गी विजयी हुनुभएको छ ।

त्यसैगरी नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ ललितपुर २ बाट पे्रमबहादुर महर्जन विजयी भएका छन् भने  काठमाडौँ ९ बाट कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ बाट अम्बर बहादुर रायामाझी विजयी हुनुभएको छ । प्रदेश सभातर्फ ललितपुर १(क) बाट मधुसुदन पौडेल, कास्की २(क) बाट भीम बहादुर कार्की, ललितपुर २(क) बाट रामेश्वर श्रेष्ठ र काठमाडौँ ७(ख) बाट प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभातर्फ काठमाडौँ ८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौँ २ बाट सोविता गौतम, काठमाडौँ ७ बाट गणेश पराजुली विजयी हुनुभएको छ भने  प्रदेश सभा तर्फ भने सोही क्षेत्रबाट हाम्रो नेपाली पार्टी (लौरो अभियान) का शैलेन्द्र बज्राचार्यले प्रदेश क बाट विजयी हुनुभएको छ ।

राप्रपाको तर्फबाट सबैभन्दा पहिले काठमाडौँ क्षेत्र नं. २ प्रदेश क मा सुनिल केसीले विजयी सुरुवात गरेको छ भने काठमाडौँ २ कै प्रदेश ख बाट राजु विष्ट विजयी हुनुभएको छ । राप्रपाबाट प्रतिनिधिसभातर्फ बाँके २ बाट धवलशम्शेर जबरा विजयी हुनुभएको छ ।

त्यसैगरी जनमत पार्टीको तर्फबाट प्रदेश सभातर्फ सप्तरी २ को प्रदेश ख मा महेश प्रसाद यादव विजयी हुनुभएको छ भने प्रदेश क मा सतिश कुमार सिंह विजयी हुनुभएको छ ।

त्यसैगरी कैलाली ३ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार राजिव गुरुङ उर्फ दिपक मनाङ्गे मनाङ ख बाट निर्विरोध निर्वाचित भैसकेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ नेकपा एमालेले ९४७२२, नेपाली काँगे्रसले ८१५०१, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२२३८, नेकपा माओवादी केन्द्रले ३५८७०, राप्रपाले २३४३० र अन्य दलहरुले ४०५२३ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box