उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
SamacharDesk – बिकाश | २०७८ जेठ १८, मंगलबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ५५८ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ४३ हजार २७ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
उपत्यकामा हाल २५ हजार २५३ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ४५९ जनालाई जनरल/एचडियूमा राखेर उपचार गरिँदैछ भने आइसीयूमा उपचाररत ४२४ जनामध्ये १६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक उपत्यकामा एक हजार ८८३ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म २ लाख १५ हजार ३७६ जना संक्रमित निको भइसके ।
उपत्यकामा थप १७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंमा १०, ललितपुरमा ४ र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म २ हजार ३९८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । copied from samachardesk.com