एउटा रोपेका थियौँ अर्कै उम्रिन खोजेछ–प्रचण्ड, जयशंकरको नेपाल भ्रमण कश्मिरको विषयमा लविङ

लावण्य÷साँखु । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको उहाँको कथन थियो । चौथो सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ।’
तीन तहको सरकारले एउटै विषयमा कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उहाँले भन्नुभयो, आफैंलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’
उहाँले भन्नुभयो, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेको हो । तर कयौं ठाउँमा उल्टो भएको छ ।’
सबै सरकारले विधेयकहरु बनाउने क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिनुभएको थियो ।
कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन ः “वी वान्ट फ्रिडम”
श्रीनगर ः कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ ।
टेलिफोन लगायत सञ्चार सम्बन्ध विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । यही शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले असु्रग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ ।
भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै
यसैबीच भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उहाँ भदौ ४  गते विहान एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् ।
उहाँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लाग्नुभएको हो । उहाँले  नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
कश्मीरमा धारा ३७० लागू गरे लगत्तै हुन लागेको भ्रमणमा नेपालसँग यस विषयमा लविङ समेत गर्ने बुझिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.