एक्कै छिन हाँसौँ है . . . . .

गाउँबाट लोग्ने स्वास्नी शहरमा पुगेछन् । उनीहरुले पे्रसर कुकर किन्न चाहेका कारण भाँडा पसलमा पुगेछन् ।
साहुजी ः के चाहियो तपाइँहरुलाई ?
लोग्ने–स्वास्नी ः पे्रसर कुकर चाहियो ।
साहुजी ः लिनुस् । १५ सय रुपैयाँ मात्र ।
लोग्ने–स्वास्नी ः पैसा दिएर पे्रसर कुकर लिँदै धन्यवाद भनेर गाउँ जान्छन् ।
भोलिपल्ट पुनः लोग्ने चाहिँ हिजोकै पसलमा पुग्छन् पे्रसर कुकर लिएर ।
लोग्ने ः साहुजी ! तपाइँको पे्रसर कुकर मलाई चाहिएन फिर्ता लिनुस् ।
साहुजी ः किन ? यसमा भात पाकेन र ।
लोग्ने ः भात त पाक्या । तर भात पाक्ने क्रममा यसले मेरो स्वास्नीलाई सिठ्ठी बजाएर जिस्कायो, त्यसैले ।

– उत्सव दुलाल

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.