एक कप चियादान अभियानको बाह्रौँ वार्षिकोत्सव सम्पन्न

प्रशिक्षार्थी पत्रकार

संगिता योञ्जन

कागेश्वरी मनोहरा–४

२०७८ चैत्र १९ गते

लावण्य÷साँखु । दिनको एक कप चिया पिउन कटौती गरेर त्यस बापतको रकम असहायहरूलाई आँखाको ज्योति प्रदान गर्न प्रदान गर्ने अभियानको बाह्रौँ वार्षिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

वरिष्ठ गायिका आनी छोइङ डोल्माको प्रमुख आतित्थ्यतामा काठमाडौँको टेकुमा सम्पन्न कार्यक्रममा एक कप चिया दान अभियानका दाता तथा सहयोगीहरूलाई स–सम्मान प्रमाण–पत्र प्रदान गरिएको थियो ।

अभियानका अध्यक्ष नेत्र विज्ञ सिद्धार्थ रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ बालरोग विज्ञ डा. उर्मिला शाक्य, इञ्जिनीयर भरतलाल श्रेष्ठ, अभियानका महासचिव रोशनराज महर्जन र कोषाध्यक्ष शर्मिला डङ्गोल लगायतले शुभकामना मन्तव्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा “एक कप चिया दान अभियान” सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box