एपेण्डिसाइटिसको अपे्रसनपछि यी कुरामा विशेष ध्यान दिनुपर्छ

एपेन्डिसाइटिस रोगको समयमा अप्रेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने खतरा हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो समस्या थप जटिल हुने चिकित्सकहरु बताउँछन् ।
एपेन्डिसाइटिसको उपचार सक्दो छिटो गर्नुपर्ने सर्जन डा. अनिरा वैद्यको बताउँछिन् । उनका अनुसार मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिमा एपेन्डिसाइटिस हुँदा पूर्ण रुपमा बेहोस बनाउँने भन्दा पनि अपरेशन गर्ने भागलाई मात्रै लाटो बनाएर अपरेशन गर्दा सुरक्षित मानिन्छ ।
मिर्गाैला सम्बन्धी समस्या भएका र अपरेशनले थप समस्या निम्त्याउन सक्ने सम्भावना भएका बिरामीको हकमा भने औषधिको माध्ययमबाट एपेन्डिसाइटिसको उपचार गर्न सकिने डा. वैद्य बताउँछिन् ।  वीर अस्पतालमा आउँने मिर्गाैलासँगै एपेन्डिसाइटिस भएको बिरामीको हकमा पनि यही प्रविधिबाट उपचार भईरहेको छ ।
सामान्य खालको एपेन्डिसाइटिस हो भने अपरेशन गरेको ६ घण्टामा कालो चिया र बिस्तारै दाल र जाउलो खान मिल्छ । अहिले यही समस्याको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली–जसको मिर्गाैलामा समेत समस्या भएका कारण सामान्य व्यक्तिले भन्दा बढीनै ध्यान दिनुपर्ने उनको भनाई छ । सामान्य भन्दा सामान्य संक्रमणले भेट्ने हुँदा भेटघाटलाई कम गर्नुपर्ने उनको भनाइ छ ।
‘मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिले एपेन्डिसाइटिसको अपरेशन गर्दा धेरै मात्रामा एन्टिबायोटिक प्रयोग नगर्दानै राम्रो हुन्छ, अन्य संक्रमणबाट बच्नको लागि भेटघाटलाई कम अथवा बन्दनै गर्दा राम्रो हुन्छ,’ उनले भनिन् । स्पाइनलमा एपेन्डिसाइटिस भएको हो भने मिर्गाैला बिरामीको हकमा पनि खासै समस्या नहुने डा. वैद्य बताउँछिन् ।
महिला विना नै बच्चा जन्माउन सक्ने !
सुरुवाती प्रयोगले एक दिन डिम्बको सहयोग विना नै बच्चा जन्माउन सकिने संकेतहरु देखिएको वैज्ञानिकहरुले बताएका छन् ।
यसको लागि मुसाको स्वस्थ बच्चा जन्माउने प्रक्रियामा सफलता मिलेको छ । जसका लागि शुक्राणुको मात्र सहयोग लिइएको थियो ।
नेचर कम्युनिकेशन जर्नलमा छापिएको यो सोधको निस्कर्ष छ कि भविष्यमा बच्चा जन्माउने प्रक्रियामा महिलालाई अलग राख्न सकिनेछ ।
युनिभर्सिटी अफ बाथका वैज्ञानिकहरुले एक अनिषेचित अण्डाबाट यो प्रयोगको सुरुवात गरेका थिए । रसायनको प्रयोग गरेर एक नक्कली भु्रण बनाइयो । यो नक्कली भु्रणका धेरै गुण अन्य आम कोशिका जस्तै थियो जस्तो कि यो स्किन सेल जस्तै विभाजित हुन्थ्यो र आफ्नो डिएनएलाई नियन्त्रित गथ्र्यो ।
शोधकर्ताहरुको बिश्वास छ कि यदि मुसाको नक्कली भु्रणमा शुक्राणु राखेर स्वस्थ बच्चा जन्माउन सकिन्छ भने एक दिन मानिसलाई पनि डिम्ब बाहेक अरु कोशिकाबाट पैदा गर्न सकिनेछ ।
शोधकर्ता टोलीका एक डाक्टर टोनी पेरीले बिबीसीलाई भनेका छन्, यो पहिलो पटक हो कि डिम्ब बाहेक अरु कुनै चीजसाग शुक्राणु मिलाएर बच्चा जन्माइयो । यसले दुई सय वर्षको सोच परिवर्तन गराएको छ ।
यो शोधका पछाडि शोधकर्ताहरुको मुख्य उद्देश्य निषेचनको वास्तविक प्रक्रियालाई बुझ्ने थियो । किनकी जब कुनै डिम्ब कुनै शुक्राणुसँग फर्टिलाइजेशन हुन्छ, त के हुन्छ भन्ने रहस्य मानिएको थियो ।
यसमा मानिन्थ्यो कि कुनै अण्डाणुले शुक्राणुको डिएनएलाई उसको रासायनिक संरचनासहित आफूमा समाहित गर्छ र एक नयाँ स्वरुप दिन्छ । यही कारण शुक्राणु एक भ्रुणमा परिणत हुन्छ । तर यो रुप परिवर्तन कस्तो हुन्छ प्रष्ट छैन ।
डा. टोनी पेरीले भनेका छन् कि भविष्यमा शरीरको कुनै आम कोशिकासँग शु
क्राणुलाई मिलन गराएर भु्रण पैदा गर्ने सम्भावना प्रवल हुनेछ । यदि यसलाई अर्को शव्दमा भन्ने हो भने दुई पुरुष मिलेर बच्चा जन्माउन सकिनेछ । यसमा एकले आफ्नो शुक्राणु र अर्कोले आफ्नो शरीरको कुनै पनि कोशिका दिएर यो कार्य गर्न सक्नेछन् ।
स्रोत ः बिबीसी

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.