एमसीसी विरुद्ध नेमकिपाको शालिन विरोधशैली उदाहरणीय

एमसीसी विरुद्ध जुलुस, जसले हानेनन् प्रहरीमाथि ढुंगा, भाँचेनन् रेलिङ, बिगारेनन् फुटपाथ

२०७८ फाल्गुन १२ गते

लावण्य/साँखु । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा सदाबहार शालिन प्रतिपक्षी पार्टी नेपाल मजदुर किसान पार्टीले भद्र र शालिन जुलुस प्रदर्शन गरेको छ ।

एमसिसी सम्झौता खारेजीको माग तथा एमसिसी अनुमोदन गराउन लागिपरेका दल तथा दलका नेताहरुलाई खबरदारी गर्न पार्टीले निरन्तर रुपमा जुलुस गरिरहेको छ । सोही क्रममा बुधबार पनि सो पार्टीले कोटेश्वरदेखि बानेश्वरसम्म जुलुस गरेको छ ।

नेमकिपाको जुलुस भद्र र शालिन रहेको छ । जुलुसमा सहभागीहरुले उग्र नारा लगाएका छैनन्, अराजक गतिविधि गरेका छैनन् । उनीहरुले शान्तिपूर्ण तरिकाले प्रदर्शन गरेका छन् । जुलुसलाई छेक्नका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छन् ।

जुलुसमा सहभागीहरुले तिनीहरुमाथि ढुंगा पनि प्रहार गरेका छैनन, सडक छेउका रेलिङ पनि भाँचेका छैनन, फुटपाथ बिगारेका छैनन्, बोट विरुवा पनि नास गरेका छैनन् ।

नेमकिपाले एमसिसीको सुरुदेखि नै विरोध गर्दै आएको छ । बुधबार एमसिसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले विरोध प्रदर्शन गरेका थिए ।

मुलुकको बागडोर सम्हालिरहेका पार्टीहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लब, राप्रपा लगायतका दलहरुले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच घम्साघम्सी, ढुंगामुढा हुँदा समेत नेमकिपाको जुलृुस र प्रदर्शन भएको स्थानमा भने कुनै हलचल थिएन । उनीहरुको विरोध शान्तिपूर्ण, शालिन र भद्र थियो । अझ संसदमा एमसीसीको विषयमा छलफल रोकिएपछि आन्दोलन पनि थामियो । त्यसपछि नेमकिपाका नेता कार्यकर्ताहरुले अरु दलका आन्दोलनकारी, सुरक्षाकमीहरुले गरेको फोहोर उठाउन थाले, सडक बढार्न थाले ।

उनीहरुको यस्तो प्रदर्शन देखेर नतमस्तक नहुने सायदै कोही होलान् । जुलुस प्रदर्शनको नेतृत्व नेमकिपाका नेताहरु सुरेन्द्रराज गोसाई, सृजना सैँजु, अनुराधा थापा मगरले गरेका थिए भने संसद बैठक स्थगित भएपछिको सभामा सांसद पे्रम सुवालले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments Box