एमसीसी विशुद्ध विकास परियोजना हो, विवाद गर्नुको तुक छैन– महन्थ ठाकुर
लावण्य/साँखु । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताउनुभएको छ ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभएको हो ।
उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको
बताउनुभयो । अध्यक्ष ठाकुरको एमसिसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको कथन थियो ।
अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत प्रष्ट पार्नुभयो ।
फागनु ४ गते प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।
प्रमुख विपक्ष नेकपा( एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो ।
छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिनेविषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो ।
देउवा, दाहाल र नेपालबीच छलफलः एमसिसीमा भएन सहमति अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बसेको सत्तारुढगठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शनिबार दिउँसो बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवाले एमसिसीमा सहमति खोज्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएका थिए ।
बैठकमा देउवाले संसदमा एमसिसी टेबुल गर्न ढिलो नगरौं भनी प्रस्ताव राखेका थिए । तर, जवाफमा दाहाल र
नेपालले एमसिसीबारे सबै दलहरूबीच साझा धारणा बनाउनुपर्ने बताएका थिए ।
एमसिसीमा सहमति नजुटेपछि बैठक फेरि बस्नेगरी टुंगिएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए । ‘आज बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन, बैठक फेरि बस्ने कुरा भएको छ,’ उहाँले भन्नुभयो ।