काँगे्रसले शंखरापुर–९ र ८ मा क्रमशः सहदेव श्रेष्ठ, पोते थिङ वडा अध्यक्षमा प्रस्तावित
शंखरापुर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिनको लागि नेपाली काँगे्रसले सहदेव श्रेष्ठलाई सर्वसम्मतिले चयन गरेको छ भने शंखरापुर ८ का लागि पोत थिङको नाम प्रस्तावित गरेको छ ।
२०७९ बैशाख ३ गते
लावण्य/साँखु । नेपाली कांग्रेसले शंखरापुर नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदमा सहदेव श्रेष्ठको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
वडा कार्यसमितिले सहदेव श्रेष्ठलाई यही आउँदो २०७९ साल वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावको लागि वडा अध्यक्षमा उम्मेदवारीको लागि सिफारिश गरेको हो ।
त्यसैगरी नेपाली कांग्रेसले शंखरापुर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा पोते थिङ तामाङको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
वडा कार्यसमितिले पोते थिङ लाई यही आउँदो २०७९ साल वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावको लागि वडा अध्यक्षमा उम्मेदवारीको लागि सिफारिश गरेको हो ।
इन्द्रायणीका नेता सहदेव श्रेष्ठ २०४८ यता नेपाली काँगे्रसमा सक्रिय कार्यताकौ रुपमा चिनिन्छ । तत्कालिन संसदीय चुनावमा किसुनजीको विपक्षमा लागेको आरोप लागेका श्रेष्ठ यस्ता खाले कुनै पनि आरोपबाट विचलित भएनन् बरु निरन्तर नेपाली काँगे्रसमा सक्रिय रहे । सोही कारण तत्कालीन इन्द्रायणी गाविस र त्यसपछि शंखरापुर ९ का इकाई अध्यक्ष चलाउनुभएका श्रेष्ठ यस अघिको स्थानीय तहको चुनावमा वर्तमान वडा अध्यक्ष घनश्याम थापासँग झीनो मतान्तरले पराजित हुनुभएको थियो भने घुमारचोकका स्थानीय नेता पोते थिङ तामाङ गणतन्त्र लगत्तै नेकपा माओवादीमा सक्रिय थिए केही समयपछि उहाँ नेकपा एमालेमा सक्रिय हुनुभयो गत स्थानीय तहको चुनावमा नेपाली काँगे्रसमा प्रवेश गरेलगत्तै वडा अध्यक्षमा उम्मेदवारी दिनुभयो । उहाँ २०७४ को चुनावमा वर्तमान वडा अध्यक्ष हितमान तामाङसँग झीनो मतान्तरले पराजित हुनुभएको थियो ।