काँगे्रस नेता बस्नेतलाई पितृशोक

लावण्य/साँखु । नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । बस्नेतका पिता खड्गबहादुर बस्नेतको गएराति ८४ वर्षको उमेरमा निधन भएको हो ।
बस्नेतलाई पितृशोक परेपछि काँगे्रस नेताहरुले दुःख व्यक्त गरेका छन् । नेता प्रदिप पौडेलले फेसबुकमा स्टाटस लेख्दै दुःख व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतज्यूका पिता खड्गबहादुर बस्नेतको ८४ वर्ष को उमेरमा गए राति निधन भएको खबरले दुःखित तुल्याएकोछ । पिताजी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा भावपूर्ण समवेदना प्रकट गर्दछु, उनले भनेका छन् ।
Facebook Comments Box