काँग्रेस महाधिवेशनमा थप अन्यौल : निर्वाचन समिति संयोजक महादेव यादवले दिए राजिनामा

लावण्य/साँखु । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको जानकारी यादवले सञ्चारकर्मीहरुलाई दिनुभएको छ ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएको बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।

जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ ।

Facebook Comments Box