कागेश्वरी मनोहरा नगरपालिकामा सुशील फँुयाल राजनैतिक सल्लाहकारमा नियुक्त

१४ भाद्र २०७९, मंगलवार

लावण्य/साँखु । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख राजनीतिक सल्लाहकारमा सुशील फुँयाल, कानूनी सल्लाहकारमा अधिवक्ता विश्वनाथ खनाल ज्यू तथा उप–प्रमुख शान्ता थापाको कानूनी सल्लाहकारमा अधिवक्ता अष्टलाल श्रेष्ठ को नियुक्ति गरिएको छ ।

नगरपालिकाको राजनैतिक सल्लाहकार एवं कानुनी सल्लाहकार नियुक्त भएसँगै नगरपालिकाले छिटो छरितो काम गर्न सक्ने जानकारी नगरपालिका स्रोतले दिएको छ ।

Facebook Comments Box