काठमाडौँ २ बाट सोविता गौतम विजयी

७ मंसिर २०७९, बुधवार

लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले १५२२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गौतमका निकटतम प्रतिद्वन्द्वि मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका कुन्ती देवी पोखरेल (उपाध्याय)ले ११०१४, गठबन्धनका उम्मेदवार ओनसरी घर्तीले ९४४९, स्वतन्त्र उम्मेदवार पुण्य प्रसाईले ९४९, हाम्रो नेपाली पार्टीका कोषराज सुवेदीले ६२९, अनुप बोहोरा २४२, नेमकिपाका अनिल श्रेष्ठले २३५, काशिराम पुडासैनी २१५, विवेकशील साझा पार्टीका धनेज थापाले २०२, जनमत पार्टीका गणेश प्रसाद पुडासनीले १६४, कृष्णराम पुरी ११९, प्रकाश अधिकारी ९४, जसपा नेपालका गोपाल बहादुर तण्डुकार ८२, नेपालका लागि नेपाली पार्टीका राममणि नेपालले ७२, पुनर्जागरण पार्टी नेपालका बिजेन्द्र बस्नेतले ६८, मौलिक जरोकिलो पार्टीका लक्ष्मण पोखरेलले ६६, बलराम चौलागाई ५१, नेपाली काँगे्रस बिपीका हेम विक्रम सिल्वालले ४८, नेपालवादका ई्श्वर गौतमले ४४, लोकतान्त्रिक समाजवादी पार्टी नपालका मधुसुदन पुडासैनीले ४३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेस बास्तोलाले ४१, मंगोल नेसनल अर्गनाईजेसनका सीता तामाङले ३०, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जीवी राईले २९ मत प्राप्त गरेका छन् ।

विनोद प्रसाद घिमिरेले २८, भगवती ढकालले २५, दिनेश खड्का १७, प्रकाश अधिकारी १२, गान्धीवादी पार्टी नेपालका विदुर प्रसाद सिम्खडाले १०, कृष्ण अधिकारीले ६ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box