कामदेव झा आयुर्वेद प्रतिष्ठानद्वारा टहरा हस्तान्तरण

साँखु÷गत बैशाख १२ को भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षतिग्रस्त भएका साँखु साल्खाटोलका एकल महिला सम्झना श्रेष्ठलाई डा. कामदेव झा आयुर्वेद प्रतिष्ठानले गते आईतबार शालिनदी परिसरमा बनेको घर टहरा हस्तान्तरण गरेको छ । उक्त घर टहरा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लावण्य सन्देश साप्ताहिकका सम्पादक÷प्रकाशक पवनलाल श्रेष्ठले सो प्रतिष्ठानले साँखुमा गरेको सहयोग कार्यको प्रशंसा गर्दै साँखु बजारमा रहेको क्षति एवं सरकारले हालसम्म यस क्षेत्रमा उल्लेखनिय काम नगरेको विषयमा प्रकाश पारेका थिए । कार्यक्रमको सभापतित्व गर्दै सो प्रतिष्ठानका संरक्षक डा. कल्याण चन्द्र झाले आफूले भूकम्पमा परि क्षति व्यहोरेकाहरुको लागि सक्दो सहयोग गर्ने बताउँदै एकल महिलालाई टहरा हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताएका थिए । साथै यस प्रतिष्ठानले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शीविरहरु समेत सञ्चालन गरिरहेको जानकारी गराएका थिए । सो संस्थाका डाक्टरहरुको सक्रियतामा गत वर्ष साँखुको भाग्योदय उच्च माध्यमिक विद्यालयमा साँखु जेसीजको सहयोगमा आयुर्वेद स्वास्थ्य शीविर समेत सञ्चालन गरेको थियो । कार्यक्रमको सञ्चालन डा. रमेश पनेरुले गरेका थिए । कार्यक्रममा स्वागत भाषण रुमाकुमारी झाले गरेका थिए । साथै उहाँले कार्यक्रमबारे समेत प्रकाश पारेका थिए । कार्यक्रममा साँखु जेसीजका अमित प्रधान, राजेश श्रेष्ठ, सरोज कुइँकेल, समाजसेवी प्रविणराज श्रेष्ठ, राजेश्वर श्रेष्ठ लगायतका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

10,426 thoughts on “कामदेव झा आयुर्वेद प्रतिष्ठानद्वारा टहरा हस्तान्तरण