कार्तिक ४ गतेदेखि कार्तिक १० गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ः
इष्टमित्रसँगको विवादबाट वच्नुहोला व्यापार बढ्ने छ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाईमा मन नजाने र सन्तानबाट असन्तोष रहने देखिन्छ ।
वृष ः
साता उत्तम खालको रहेको छ । पारिवारिक सद्भावमा विचलन आउनेछ । सामाजिक सद्भाव वृद्धि हुने देखिन्छ । आपसी मैत्री करुणा स्थापित हुनेछ ।
मिथुन ः
काममा ढिलो मात्र सफलता मिल्नेछ । स्थिर सम्पत्ति घर, जग्गा, सवारी साधनमा लगानी गर्नुहुनेछ । पारिवारिक सुख राम्रो रहेको छ । समग्रमा समय राम्रो रहेको छ ।
कर्कट ः
समय राम्रो छ । नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । पराक्रम बढ्ने, मातृ पक्षलाई कष्ट रहनेछ । शैक्षिक स्तर वृद्धि हुनेछ । पिताको प्रगति देखिनेछ ।
सिंह ः
नयाँ कामको थालनी हुने योग छ । साता समग्रमा राम्रो भएतापनि स्वास्थ्यमा केही गडबड हुनेछ । पेट सम्बन्धी रोगले सताउला ।
कन्या ः
बोलीमा ध्यान नदिँदा कुरा बिग्रिने छ । कामहरु अचानक बिग्रिने तथा बन्ने गर्दछन् । बौद्धिक क्षेत्र सफल रहेको छ । सन्तान पक्षबाट सुख रहनेछ । शत्रुपक्ष कमजोर रहनेछन् । समय राम्रो रहेको छ ।
तुला ः
लामो यात्राको योग रहेको छ । आर्थिक दृष्टिकोणले निकै राम्रो समय रहेको छ । अपूरा कामहरु बन्दै जानेछन् । पढाईमा ढिलासुस्ती हुनेछ ।
वृश्चिकः
बौद्धिक र पढाइलेखाइको क्षेत्र राम्रो रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । पत्नीसँग सामान्य खटपट हुनेछ । बोलीको प्रभाव घट्नेछ । पदोन्नति तथा भाग्यवृद्धिको समय रहेको छ । कार्यक्षेत्रबाट अलग वा स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ ।
धनु ः
पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । पेशा व्यवसायमा सोचे अनुसार लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने प्रशस्त योग रहेको छ । नयाँ योजनाहरु बन्नेछन् ।
मकरः
आत्मविश्वासको कमी हुनेछ । मानसिक तनाव बढ्नेछ । कुटुम्बबाट उचित सहयोग पाईनेछ । धनसम्पत्ति वृद्धि हुने योग रहेको छ ।
कुम्भ ः
आर्थिका दृष्टिकोणले साता फलदायी छैन । काममा ढिलासुस्ती हुनेछ भने स्वास्थ्यमा गडबडीका कारण पारिवारिक तनाव उत्पन्न हुन सक्नेछ सचेत रहनुहोला ।
मीनः
शरीरमा सामान्य समस्या देखापर्नेछ । पैत्रिक सम्पत्ति बेचबिखनको समय रहेको छ । धार्मिक कार्यमा मन जानेछ । नेतृत्व क्षमतामा वृद्धि हुने र सन्तान सुख राम्रो रहेको छ । पढाई लेखाईको क्षेत्र पनि सन्तोषजनक देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.