गजरता बादल बरसता नहीँ – प्रा. एम आर थापा, शंखरापुर–९
इतिहासका अनुभवी भन्ने गर्छन्
बढी गर्जनले काम गर्दैन
प्राकृतिक देखि भौतिक सम्म मेल खान्छ
जो बकबकाउँछ रुपान्तरित समाज त्यस्लाई पत्याउँछ ।
यो गनगनाउने व्यवस्थामा सत्यको हार हुन्छ
नढाँटी भन्नु पर्दा असत्यले बाजी मार्छ
यो लुटतन्त्रमा लुटाहाहरुको लुट्ने खाने सोधपत्र हुन्छ
अपसोच पौरखीले भोकै मर्नुपर्छ ।
यहाँ अन्याय गर्नेले जैले पनि न्यायको विगुल फुक्छ
गणतन्त्र नेपालमा बलियाले निर्धोको लुटीखान्छ
तरपनि यो नेपाल सरकार विधिको शासन बन्छ
न्याय नपाई कानुनी राज्यमा अन्याय हाँस्दछ ।
लोकतन्त्रमा पौरख नहुनेले पेट भर्छ
किनकी यहाँ टल्कने जति सबै सुन बन्छ
यो गनाउने लुटतन्त्रमा लाटोले बहिरोलाई कथा सुनाउँछ
यहाँ हात नचलाउनेले मुख चलाई रहेछ ।
यो व्यवस्थामा मन्त्रीको टेण्डर सदा बहार छ
पशुपतिको राज्यमा नमागेको धर्मनिरपेक्ष लागू छ
टेण्डर खुल्ला छ ज्वाइँ देखि ससुरासम्म
अपसोच काम भन्दा मामको समस्या छ
सिधासाधा नेपाली हो यहाँ पानी विनाको बादल मात्र छ ।।