गजल
– मानन्धर अभागी “सौभाग्यशाली”, साँखु, सलम्बुटार
बोलाउनु त बोलायो ढोका चैं खोलेन
फर्केर जाउँ भने यो मनले मानेन
कति मलजल गर्नु उदेक लाग्न थाल्यो
फूल जस्तै दिल त्यो कहिल्यै फक्रिएन
झ्याल तिर हेरेर बोलाउँदा हेरीनन्
पत्थरको होकी दिल के हो बुझेन
धेरै कोशिश गरें आफ्नो बनाउन मैले
तिमी चैं मेरो हुनु यो भाग्यमा रहेन
साँच्चीकै प्रेम गर्ने हो भने डराउनु किन ?
खासै गरेर उसले त्यति वास्तै गरेन ।
Facebook Comments Box