गजल


– मानन्धर अभागी “सौभाग्यशाली” साँखु, सलम्बुटार

केहि  नभाकाहरूले  हेर्नुस  लुटेरै बनाए

जनताहरूले डरैडरले भाको सबै बुझाए

खान पनि कति सकेको राख्ने कहाँ  हो

लुटेरै खाँदा  खाँदा हेर्नु ढुकूटीनै रित्याए

जनता कति मारे भन्ने लेखाजोखा  छैन्

मर्ने जनता मरे आफ्नालाई मात्र पोसाए

नाम तेरो गाम मेरो पो रहेछ  हाम्रो  देश

राज्य सत्ता त हजुर बाहिरका ले चलाए

खै फेरि के कुरा मिलेन विवाद चर्किंदैछ

यो देश धरापमा पार्न कस्ले पो बहकाए ।

Facebook Comments Box