गोविन्द केसी पुनः सडकमा

डा. गोविन्द केसी १५ दिन लामो अनसन तोडेको पाँचौ दिनमै सडकमा उत्रिएका छन् । केसी आफ्ना समर्थकहरुसँगै सडकमा उत्रिँदै उनले भनेका छन् । एमाले, माओवादी केन्द्र र नेपाली काँगे्रसले लोकतन्त्र वा लोकमान तन्त्र मध्ये एक रोज्नुपर्ने बताएका छन् ।
उनले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई भ्रष्टाचारको नायक भएको आरोप लगाउादै समानान्तर सत्ता चलाएको र संविधानभन्दा माथि हुन खोजेको आरोप लगाए । लोकमान बारे सांसदहरु मौन बसेको भन्दै लोकमानतन्त्र अन्त्य गर्न सक्दैनौँ भने राजिनामा दिन समेत आग्रह गरेका छन् ।
सरकार हटाउन सामान्य बहुमत भए पुग्ने तर अख्तियार प्रमुख हटाउन दुई तिहाई चाहिने व्यवस्थाप्रति असन्तुष्टी समेत व्यक्त गरे । उनको कथन थियो यस्तो व्यवस्थाले तानाशाही जन्माउन्छ ।
डा केसीको संगीन आरोपको जवाफ सरकारले तत्काल  दिनुपर्दछ । किनकी लोकतन्त्रको मान्यता भनेकैे सरकार समक्ष आम जनताले शान्तिपूर्वक राखेका मागहरुको सुनुवाई गर्नु जायज माग पूरा गर्नु  हो । नाजायज माग छ भने सो बारे प्रष्ट पारिदिनु हो ।
शान्तिपूर्ण सौम्य आन्दोलनको विकल्प हिंसात्मक आन्दोलनले लिन थाल्यो भने त्यहाँ लोकतन्त्र रहँदैैन । त्यहाँ तानाशाहीले टाउको उठाउन थाल्छ । जस्तो गत वर्ष तराई मधेशमा भएको आन्दोलनलाई दबाउन खोज्दा हिंसात्मक आन्दोलनले प्रश्रय पायो जसले गर्दा तराईमा अनाहकमा प्रहरी र सर्वसाधारणको हत्या हुन गयो । यस विषयलाई एम्नेष्टी इन्टरनेशनलले समेत जोडदार रुपमा उठाएको छ ।
त्यसैले डा. केसीको जायज माग जो सरकारले सम्बोधन समेत गरेको छ । सो विषयमा सरकारले तत्कालै कार्यान्वयन तहमा जानुपर्दछ । किनकी सम्झौता गर्नु वा सहमति गर्नु भनेकै तोड्न हो भन्ने गलत मान्यता बस्न गयो भने मुलुक हिंसाको चपेटमा फस्न सक्छ । यतातर्फ सत्तारुढ दल र विपक्षीहरुले समेत ध्यान पु¥याउनु जरुरी छ । सबैलाई चेतना भया !
लावण्य सन्देश वर्ष ६ अंक ७ को सम्पादकीयबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.