ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार साँखुमा पनि सुरु

२५ पौष सोमवार

लावण्य/साँखु । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डु लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

यर्सै अवसरमा साँखुमा पनि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले ग्लोबल आईएमई साँखु शाखाको उद्घाटन गर्नुभएको छ । सो अवसरमा मेयर नापितले पहिलेको बैँक अफ काठमाडौँले भन्दा पनि अब समायोजन पछिको ग्लोबल आईएमई बैँकले अझ प्रगति गर्न सकोस् भन्दै यस बैँकले कृषि क्षेत्रमा लगानी गर्न पर्ने बताउनुभएको छ । शंखरापुरमा कृषि योग्य जमिन धेरै रहेको र कृषि क्षेत्रमा लगानीको अभावका कारण कृषि पेशालाई टेवा दिन बैँकले ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा शंखरापुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ र लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठको उपस्थिति रहेको थियो भने बैँकका कर्मचारीहरु र स्थानीयहरुको उपस्थितिरहेको थियो ।

साँखुमा बिओके र ग्लोबल आईएमइ बैँक बीच मर्जर भएपछिको साँखु शाखाको नाम परिवर्तन भई ग्लोबल आईएमई बैँक रहन गएको छ । यस अघि साँखुमा बैँक अफ काठमाडौँको मात्रै शाखा थियो । साँखुमा नीजि क्षेत्रको बैँकमा सबैभन्दा पहिलो बैँक भएकै कारण बैँक अफ काठमाडौँका ग्राहक सख्या धेरै थियो ।

Facebook Comments Box