चाड पर्व र नेवार समुदाय
गत वर्षहरुमा झैँ यस वर्ष पनि जनै पूर्णिमा र गाईजात्रा आयो अनि गयो पनि । विशेष गरि जनै पूर्णिमाको दिन तागाधारीहरुले जनै फेरेर सुचीनिची भई यो चाड मनाउँछन् तर यही चाड नेवार समुदाय, तामाङ समुदायले भने आ–आफ्नो हातमा रक्षावन्धन बाँधेर मनाउने गर्छन् ।
त्यसमाथि पनि नेवार समुदायले क्वाँटी बनाई पिएर यस चाडलाई विशेष बनाउँछन् । हुनतः नेवार समुदायले जुनसुकै चाडलाई विशेष बनाएकै छ । नेपालको परिचय नै नेवार समुदायले टिकाएको छ । तर केही दशकदेखि उनीहरुको चाडबाड मनाउने देखि लिएर उनीहरुको साँस्कृतिक धरोहरहरु बिगार्ने वा नष्ट गर्ने कार्य सुरु भएको देखिन्छ । अझ भूकम्प पछि विशेष गरि नेवार बाहुल्य भएको क्षेत्र उपत्यकामा तर सरकारको कर्के नजर नै रह्यो ।
उनीहरुको सम्पदा बनाउने त कुरै छाडौँ । बसोबासको थातथलो नै गुमाउने स्थितीमा राज्यले पु¥याएको छ उपत्यकाका नेवारहरुलाई । तर नेवार समुदायका अगुवाहरु र राजनैतिक कार्यकर्ता भने अझै पनि काँगे्रस, एमाले, एमाओवादी, राप्रपा आदि भनेर कुर्लने बाहेक केही गरिरहेका छैनन् ।
अहिले पनि नेवार समुदायका अगुवाहरुले जो अगुवा उही बाटो हगुवा भनेभैmँ राजनीति र पद प्रतिष्ठालाई मात्रै ठूलो ठान्ने र आफ्नो समुदायको माग र उनीहरुको जीवनवृत्तिको आधारलाई कमजोर बनाउने हो भने केही समयपछि नेवारहरु नेपालका साँस्कृतिक धरोहर थिए रे ! भन्ने खालका बाक्य सुन्नु पर्ने हुन्छ ।
के नेवार समुदायका अगुवा र नेताहरुले यही चाहेका हुन् त ? उनीहरु नेवाः राज्य माग्दै छन् । तर सरकारले स्थानीय निकायको पुनःसंरचना गर्दा अब काठमाडौँमै पनि नेवार समुदायले चुनाव जित्न सक्ने छैनन् । अनि के नेवार समुदायले नाम मात्रको नेवाः राज्यमा आफ्नो पहिचान र अधिकार पाउला ? के नेवार समुदायलाई आफ्नो पहिचान र अधिकार नचाहिएकै हो ? हैन भने आफ्नो समुदायको अधिकतम भलाईको लागि अहिल्यै नेवार अगुवाहरुले विशेष कार्यक्रम लिएर नेवार बाहुल्य क्षेत्रमा गई जनचेतना जगाउने देखि सुझाव संकलनका कामहरु तदारुकताका साथ गर्नुपर्ने देखिन्छ ।
हैन नेवार समुदाय खानपिनमै मस्त हुने अनि आफ्ना आर्थिक अवस्था डाँवाडोल भएको विषय आफूले चाल नपाउने हो भने अहिले रहेको ठमेलदेखि क्वहिटीसम्मको भू–भागमा पनि नेवार समुदायले आफ्नो अधिकार सुरक्षित गर्न सक्तैनन् । यो अवस्थामा अन्य क्षेत्रका नेवार समुदायको हविगत के होला ?
त्यसैले चाडपर्व मनाउँदा समेत आफ्नो पहिचान र अधिकारको विषयमा केन्द्रित भई मनाऔँ । जसरी हामीले केही दशक नयाँ वर्षलाई आन्दोलनका रुपमा मनायौँ । यतातर्फ सम्बन्धित नेवार नेताहरुको ध्यानाकृष्ट होस् ।
लावण्य सन्देश वर्ष ६ अंक १० को सम्पादकीयबाट