छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण , आम निर्वाचन २०७९ ठूला दललाई सबक !

छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण
आम निर्वाचन २०७९ ठूला दललाई सबक !

लावण्य/साँखु । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सकिएलगत्तै गणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् ।

सामान्यतया एक जनालाई भोट हाल्न करिब २ मिनेट लागेको छ । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिए पनि निर्धारित समयमा नै मतदान सम्पन्न गर्नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मतगणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने समेत बताए ।

एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातालाई यो निर्वाचनमा मताधिकार छ । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले यस्तो कुरा भनिरहेतापनि केही मतदान केन्द्रमा अपाङ्ग तथा अशक्तहरुको लागि विशेष बाटाहरु नहुँदा समस्या देखिएको छ । मतदानस्थल सारेरै भएपनि यस्तो व्यवस्था गर्न सकिन्थ्यो तर मतदान अधिकृतहरुले यसतर्फ पहल गरेनन् ।

निर्वाचन आयोगले फोटो पत्रकार लगायत पत्रकारहरुलाई समाचार संकलन र फोटो लिन सहज वातावरण तयार पार्ने भनिएतापनि मतदान केन्द्रहरुमा यस्तो देखिएन । पे्रस ज्याकेट लगाएर मतदान स्थलभित्र प्रवेश गर्न खोज्दा कतै प्रवेश दिईएन भने कतै फोटो खिच्न नपाउने जनकारी गराईयो । या त मतदान अधिकृतले निर्वाचन आयोगको आदेश टेरेन अथवा निर्वाचन आयोगले सही जानकारी दिन सकेन जे होस् यस्तो घटना धेरै मतदान केन्द्रहरुमा भएकोछ ।

तर शीर्ष नेताहरुले मतदान गर्ने स्थानहरुमा र चर्चित उम्मेदवारहरुले मतदान गर्न ठाउँमा भने यस्ता घटनाहरु घटेनन् ।

आम निर्वाचन २०७९ ठूला दलहरुलाई सबक !

आम निर्वाचनमा ठूला भनिएका दलहरु नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरुलाई ठूलो झड्का लाग्ने भएको छ । यो चुनावबाट नवगठित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत अस्तित्वमा आउने भएको छ ।

जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले रामै्र जनमत ल्याउने देखिन्छ भने राप्रपाले पनि थे्रस होल्ड कटाउनुका साथै प्रत्यक्ष तर्फ समेत केही सीट जित्ने देखिएको छ । लौरो अभियानको हाम्रो नेपाली पार्टीले पनि जनमत राम्रै पाउने देखिएतापनि यस दलका उम्मेदवारहरुले थे्रस होल्ड कटाउने वा नकटाउने निश्चित छैन । साथै प्रत्यक्ष तर्फ कुनै पनि सीट नजित्ने सम्भावना समेत देखिएको छ ।

तराई मधेश केन्द्रित जनमत पार्टीले भने प्रत्यक्ष तर्फ केही सीट जितेपनि थे्रसहोल्ड कटाउन नसकिने देखिएको छ । नेमकिपाले यस पटक पनि प्रत्यक्ष तर्फ सीट बढाउन नसकिने तर पहिलेभन्दा समानुपातिक तर्फ मत बढाउने देखिएको छ ।

अहिले हेभिवेट भनिएका चर्चित उम्मेदवारहरु नै स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुको कारण रोकिने खतरा बढेको छ । केही दिनभित्रै आउने प्रत्यक्ष तर्फका परिणाम ठूला दलहरुले सोचेजस्तो नआउने पक्का पक्की छ ।

स्वतन्त्र भनिएका र राष्ट्रिय स्वतन्त्र पार्टी, लौरो अभियानको हाम्रो नेपाली पार्टी, जनमत पार्टी लगायतले यसपटक केही सीट जित्ने र संसदमा आफ्नो दह्रो उपस्थिति देखाउने छ । केही गरी ठूला दलहरुबीच विवाद उत्पन्न भएमा यिनै दलहरुको समर्थनमा सरकार बन्ने वा नबन्ने परिस्थिति उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा यिनै दलहरुले निर्णायक र अहम् भूमिका निभाउनुपर्ने हुन्छ ।

यहिँ निर यी दलहरुको परीक्षण हुनेमा दुईमत नहोला !

मतदाता भन्छन्– केही गर्लान् भन्ने विश्वास नभए पनि दियौँ भोट

‘गाउँठाउँको विकास र परिवर्तनका लागि भनेरै भोट हाल्ने हो, तर के गर्नु ! भोट त मताधिकारको प्रयोग गर्नुमात्रै रैछ,’ वीरेन्द्रनगर नगरपालिका–६ का दलबहादुर दमाई (७० वर्ष) ले निराश हुँदै आफ्नो गुनासो सुनाए ।

उहाँले पञ्चायतकालदेखि नै मताधिकार प्रयोग गर्दै आएको सुनाए । तर भोट हालेर आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक कुनै आशा नरहेको उहाँको स्पष्टोक्ति थियो । ‘भोट त पञ्चायतकालदेखि नै हाल्दै आएको हो नि,’ ‘त्यो भोटको उपलब्धि के भयो भन्ने कुरा मुख्य हो । बास्तवमा भन्ने हो भने भोट हाल्नुको कुनै अर्थ ठानिनँ ।’ उहाँको कथन थियो ।

दलबहादुरले आफूले हालेको भोट समाज परिवर्तनको उद्देश्यका लागि भएको बताए । ‘तर के गर्नु ! ०३६ सालदेखि लगातार भोट हाल्ने काममात्र भएको छ परिवर्तनको आशा हाम्रो नेताहरुमा गर्नु बेकारजस्तै रहेछ,’  ‘न कुनै नेताबाट सहयोग पाइएको छ न त राज्यबाट प्राप्त आधारभूत सेवा–सुविधाको उपभोग गर्न नै पाएको छु ।’

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ रातोपुलकी ७० वर्षीय बालकुमारी थापा पनि नेताहरुप्रति खासै भरोसा र आशा नभएको बताउँछिन् ।

विगत लामो समयदेखिनै भोट हाल्दै आएकी उहाँले बिना उद्देश्य नै आफू भोट हाल्नका लागि मतदान केन्द्रमा आएको बताइन् । ‘नेताले भन्नेमात्रै हुन्, गर्ने केही पनि होइन, यिनीसँग आशा गरेर पनि के गर्नु र !’

नेताले काम नगरे पनि आफ्नो मताधिकार प्रयोग गरेर कर्तव्य निर्वाह गरेको बताइन् । आफ्नो बस्तीमा खानेपानीको प्रमुख समस्या रहेको बताउँदै उहाँले प्रश्न गर्नुभयो हाम्रो आवश्यकता पूरा गर्ने नेतृत्व कहिले आउने हो ?

काठमाडौँ जिल्लाकै मतदाता रणभुल्ल !

यता काठमाडौँ जिल्लाकै नाङ्लेभारेका जनताले समेत सडक, स्वास्थ्य र खानेपानीको समेत उचित व्यवस्थापन नभएकोमा चिन्ता व्यक्त गरे ।

चापाबोटका गोपी श्रेष्ठले हामीलाई भन्नुभयो– हिजो हामीले चापाबोटमा स्कुल बनाउँदा विभिन्न अवरोध छिचोल्नु परेको थियो । खानेपानीको धारा हाल्दा यो नेवार धारा हो भन्थ्यो । अहिले पनि यही १÷२ वटा धाराकै भरमा चापाबोटमा खानेपानीको जोहो गर्नुपर्दछ ।

त्यो पनि कुनै शुद्ध पानी हैन जस्तो धारामा आउँछ त्यही पानी घरमा लगेर खानुपर्ने बाध्यता छ । जबकी राज्यको दायित्व शुद्ध खानेपानी घर घरमा पु¥याउने हो ।

उहाँको कथन थियो जुनसुकै व्यवथा आउँदा पनि आम जनताको शुद्ध खानेपानी पिउने र सामान्य स्वास्थ्यको समस्या समेत गाउँ ठाउँमा नपाउनु विडम्बना हो ।

साँखु मेलम्चीको बाटो छिचोलेको दुई दशकभन्दा बढी भएतापनि वर्षायाममा गाडी गुडाउन अझै समस्या छ ।

त्यहाँ मतदाताहरु पनि परिवर्तनको पक्षमा देखिए । उनीहरु भन्दै थिए । पुराना पार्टी नेकपा एमाले र गठबन्धनको पक्षमा हैन राष्ट्रिय स्वतन्त्र पार्टी र स्थानीय राजु विष्टलाई घण्टी र हलोमा मतदान गर्ने ।

Facebook Comments Box