जेनीमाथि एसीड प्रहार आफ्नै लोग्नेबाट

लावण्य÷साँखु । यही जेष्ठ १ गते बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ ।
जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे ।  प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल्न आयो ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भुजेललाई काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट नजिकैको एक भट्टी पसलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । श्रीमतीलाई कालोपुलमा एसिड प्रहारपछि उनी सो भट्टीमा मदिरा सेवन गर्न पुगेका थिए ।

Facebook Comments Box

116 thoughts on “जेनीमाथि एसीड प्रहार आफ्नै लोग्नेबाट

Leave a Reply

Your email address will not be published.