डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा

लावण्य÷साँखु । साँखुका प्रख्यात साहित्यकार डा. बालगोपाल श्रेष्ठद्वारा लिखित “झीगु सको देय्” बजारमा उपलब्ध भएको छ । यो ऐतिहासिक पुस्तक पहिलोपटक अँगे्रजीमा प्रकाशन भएको थियो । पुस्तकको भाषानुवाद गर्दै भाषा साहित्य मुँज्या खल सक्वले यो पुस्तक बजारमा ल्याएको हो ।
अँगे्रजीमा यो पुस्तकको नाम “æThe Sacred Town of Sankhu” रहेको छ । सो पुस्तकको भाषानुवाद पत्रकार एवं साहित्यकार सिल्भिया राजोपाध्याय श्रेष्ठले गर्नुभएको थियो भने सम्पादन विमल ताम्राकारले गर्नुभएको हो । यस पुस्तकको भाषानुवाद एवं प्रकाशनको लागि आर्थिक सहायता शंखरापुर नगरपालिकाले गरेको हो ।
५ सय ४४ पृष्ठको उक्त पुस्तको मूल्य साधारणतर्फ १२ सय रुपैयाँ, संस्थागत तर्फ २ हजार रुपैयाँ कायम गरिएको छ भने साँखुका बासिन्दाहरुको लागि यो ऐतिहासिक पुस्तकको मूल्य रु. ६ सय मात्र तोकिएको जानकारी भाषा साहित्य मूँज्या खलका केशवराज श्रेष्ठले दिनुभएको छ ।
पुस्तकमा साँखुका ऐतिहासिक, धार्मिक, सामाजिक संरचना, धर्मकर्मको विषयमा सहजरुपमा बुझिने भाषामा लेखिएको छ ।
सो ऐतिहासिक पुस्तक प्राप्त गर्नको लागि साँखुमा रुषण बसी ९८४१५०११३४, केशवराज श्रेष्ठ ९८४१३९२९०२ मा सम्पर्क राख्न सकिनेछ ।
काठमाडौँको लागि हरिप्रसाद श्रेष्ठ ९८४१२३७४९५ र भक्तपुरको लागि विमल ताम्राकार ९८४१३७४०६५ मा सम्पर्क राख्न सकिनेछ ।

Facebook Comments Box

54 thoughts on “डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा

Leave a Reply

Your email address will not be published.