तरेलीको मोति जयन्ती विशेष ७१ औँ शृंखला सम्पन्न

– कृशु श्रेष्ठ –

२०७८ भाद्र १३ गते

लावण्य/साँखु । यही भाद्र १२ गते शनिबार तरेली साहित्य प्रतिष्ठानको नियमित रचना वाचन अन्तर्गत मोति जयन्ती बिशेष ७१ औं  शृङ्खला कार्यक्रम सक्व सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र”को सभातित्वमा भएको थियो ।

कार्यक्रममा ई.राजदास श्रेष्ठले प्रकाशित गर्नु भएको कविता संग्रह “गुम्सिएका कुराहरू”को लागि स्रस्टालाई दोसल्ला ओढाइ बिशेष सम्मान गरिएको थियो ।

केशब प्रसाद घिमिरेको “संक्षिप्त दर्पण” पुस्तक सहभागीलाई वितरण गरिएको थियो । कार्यक्रम संस्थाका सचिव कान्छा प्रसाद तिवारीले संचालन गर्नु भएको थियो भने कार्यक्रममा रामेश्वर श्रेष्ठ, कान्छा प्रसाद तिवारी, ई.राजदास श्रेष्ठ, प्रकाश मान सक्व, रामेश श्रेष्ठ, केशब प्रसाद घिमिरे, जीवन श्रेष्ठ, महेश कुमार वाग्ले, अदिप्त प्रकाश, इच्छाराम थापा “धडकन”, रवी सिलवाल, रमेश भट्टराई “पुजारी”, यचु जोशी, राजेन्द्र श्रेष्ठ, सुवाश आचार्य, न्हुच्छे नारायण श्रेष्ठ, बिष्णु थापा, लामा तेज योन्जन, अच्युत प्याकुरेल र बालचन्द्र श्रेष्ठले आ–आफ्नो रचना वाचन गर्नु भएको थियो । साथै तरेली साहित्य प्रतिष्ठानका सल्लाहकार ई.राजदास श्रेष्ठ, अच्युत प्याकुरेल, प्रकाश मान सक्वलाई खादा लगाइ सम्मान गरिएको थियो ।

Facebook Comments Box