तीज पर्वको अवसरमा हार्दिक शुभकामना !

महादेव पति पाउ भनी, मातापिता सित बिद्रोह गरिन् र घोर तपस्या गरिन, त्यो बेलादेखि तिज चाडको रूपमा प्रथा र हाम्रो सभ्यता बनेर रहेको छ । तिज पर्व मात्र होईन क्रान्ति पनि हो, महिला एकता र एकरुपताको प्रतिविम्ब पनि हो, महिलाहरुका हजारौं लुकेर रहेका भावनाहरु, जो शब्द बनेर गीतको माध्यम बाट बाहिर आउछन् त्यसले समाज रुपान्तरण गर्न मद्दत पु¥याउँछन् । हाम्रो दर्शनले नारी लाई त्रि–शक्तिको रूपमा मानेको छ । त्यही स्वरुप महिला सम्मानका निम्ति तीज लाई चाडका रूपमा मानिएको हो, तीज एकरुपताको प्रतीक हो त्यसैले तीज पर्व लाई आडम्बरी बनाउने तर्फ कसैको ध्यान जान हुँदैन, हामीसँग होला खाउँला र देखाउँला तर नहुनेले के गर्ने ? तीज एकताको प्रतीक बनोस्, समानताको बिम्ब बनोस्  र बन्नुपर्छ, महिला दिदिबहिनीहरु हो, तीज पार्वतीले गरेको बिद्रोह हो, यसलाई क्रान्तिको रूपमा मनाउन प्रेरणा जागृत होस सबैमा, श्रीमान र श्रीमतीको बीचमा प्रेम जगाउने र निभाउने प्रेरणा दिन्छ, तीजले त्यसैले तीजलाई भड्किलो र खर्चिलो नबनाई मनाउन सबैलाई अनुरोध गर्द्छु । तीज मनाउनु पर्दछ, चारैतिरबाट हाम्रो दर्शन माथि प्रहार भएको अवस्थामा तिज मनाउनु भनेको हाम्रो दर्शन र सभ्यता बचाउनु हो, त्यसैले एकता र एकरुपताका निम्ति तीज मनाउने सबै दिदिबहिनीहरुलाइ हार्दिक शुभकामना दिन चाहन्छु । सबैको जय होस । जय नेपाल ।

पुरुषोत्तम चौलागाई
अध्यक्ष
नेपाल तरुण दल काठमार्डाैँ क्षेत्र नं. २

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.