दलित वालवालिका पढ्न र लेख्नबाट वञ्चित

लावण्य/साँखु । जनकपुरधाम, असोज १७ गते । दलित जातिका वालवालिकाका पनि अन्य जातिका वालवालिका झैं विद्यालयमा गएर पढ्ने रहर पक्कै हुन्छ । तर आर्थिक रुपमा कमजोर हुने भएकाले विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि कैयौं दलित वालवालिका पढ्न र लेख्नबाट वञ्चित भैरहेका छन् । कोहीले बीचैमा अध्ययन छोडेर काममा लाग्नुपर्ने वा विदेशीन वाध्य हुने गरेका छन् ।यस्तो अवस्थामा कोही दातृ निकायले जरुतमन्दलाई सहयोग गर्न तत्परता देखाएमा ती वालवालिकाको भविष्य उज्ज्वल बन्छ । शिक्षा र वालश्रमको विषयमा करिब डेढ दशक आफ्नो परियोजना चलाएको ‘आसमान नेपाल’को शैक्षिक सहयोगमा धनुषा जिल्लाका दलित वालवालिकाको अध्ययन गर्ने चाहना पूरा भएको छ ।


शंकर धंकार धनुषा जिल्लाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर ३ को धंकार टोलका शंकर धंकारको आर्थिक स्थिति नाजुक रहेका कारण कक्षा ५ मा विद्यालय छोड्न वाध्य हुनुभयो । करिब १३ वर्षका उहाँ रौतहटको मावली पर्ने एक होटलमा वालश्रम गर्न वाध्य हुनुभयो । यस्तो अवस्था थाहा पाएपछि यस संस्थाका सहयोगी हातहरुको कारणले दुई वर्षअघि उद्दार हुनुभयो । उहाँ अहिले बननिया गोपालपुरको जनता माध्यामिक विद्यालयमा कक्षा ७ मा पढिरहनुभएको छ । उहाँले कक्षा १२ सम्म अध्ययन गरेर विदेशमा जाने इच्छा व्यक्त गर्नुभएको छ । यस्तै, अपाङ्गता भएर हिँड्डुल गर्न असमर्थ ७ वर्षका आशिक महरा पनि दातृ निकायले उपलब्ध गराएको ह्विलचियर पाएर खुशी हुँदै नियमित रुपमा विद्यालय गइरहनुभएको छ । आशिक महरा घरभन्दा टाढा रहेको विद्यालयमा धेरै कष्टका साथ उहाँकी आमाले पिठ्युँमा बोकेर पु¥याउनुहुन्थ्यो । दैनिक रुपमा दुःख सहेर एउटी आमाले विद्यालयमा पु¥याउनुपर्ने वाध्यता अहिले यस सहयोगको कारणले विश्राम लागेको छ । ह्विचियर भएपछि विद्यालयमा अध्ययन गर्ने महराका दिदी, दाजु वा छिमेकीले दोहो¥यायर पु¥याउन थालेकाले महरा परिवारलाई जीविकोपार्जनको लागि समय पुगेको स्थानीय सामाजिक परिचारिका पुनम यादवले बताउनुभयो । प्रत्येक पटक भेट्न आउँदा पुग्दो रुपमा शैक्षिक सामाग्रीहरु ल्याउने भएकाले पनि ती दलित वालवालिकाहरुको अध्ययन गर्ने चाहना पूरा भइरहेको उहाँ बताउनुहुन्छ । कोभिड भएको बेला पनि यस संस्थाले विभिन्न शैक्षिक गतिविधिहरु गरेर पढाइलाई निरन्तरता दिन सकेकाले पनि विद्यार्थीहरुको अध्ययन गर्ने मनोबल बढेको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य विहारी धामी बताउनुहुन्छ । अन्य वालवालिकाका तुलनामा दलित वालवालिकालाई शैक्षिक सामाग्री उपलब्ध भएकाले उनीहरुलाई पढ्नको लागि सहज भएको उहाँले बताउनुभयो । सो नगरपालिका शिक्षा शाखा प्रमुख छोटी मुखियाले पनि विगतमा भन्दा दलित विद्यार्थीको विद्यालय जाने संख्या, पढ्ने वातावरण, अध्ययन क्षमता बढेको जानकारी दिनुभयो । —उपेश महर्जन

Facebook Comments Box