नमोनारायण मन्दिर परिसरमा स्वागतद्वार र धारा उद्घाटित

– कृशु श्रेष्ठ –
२०७८ पौष १ गते
लावण्य÷साँखु । यही मंसिर २९ गते नमो नारायण नवराज लावण्यवती मन्दिर परिसरमा नवनिर्मित स्वागतद्वार, बाघमुखे धाराको उद्घाटन भजनपे्रमी भजन गुरु गर्वनारायण श्रेष्ठको बाहुलीबाट सम्पन्न गरिएको छ ।
सो अवसरमा स्वागतद्वार निर्माणार्थ आर्थिक सहयोग गर्ने सहयोगीहरु तथा नवराज लावण्यवती मन्दिर निर्माणमा सहयोग पु¥याउने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा मन्दिर निर्माण समितिका पदाधिकारी लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नमोनारायण लावण्यवती मन्दिर निर्माणबारे चर्चा परिचर्चा भएको थियो । साथै सो स्थान धार्मिक पुरातात्विक महत्वको स्थान रहेको दावी गरिएको थियो ।
अहिले सो मन्दिर परिसर र वरिपरी विभिन्न देवी देवताहरुको मूर्ति प्रतिस्थापित गरिएको छ भने मन्दिर परिसर नजिकै सडक छेउमा बाघमुखे ढुंगेधारा निर्माण गरिएको छ ।
नमोनारायण मन्दिर परिसरमा प्रत्येक महिना भजन कार्यक्रम हुँदै आईरहेको छ ।

Facebook Comments Box