नेका काठमाडौँ क्षेत्र नं. २ ले खाद्यान्न र स्वास्थ्यकर्मीलाई मास्क र पिपिई सहयोग ग-यो

लावण्य÷साँखु । यही बैशाख १८ गते नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ को तर्फबाट मेडिकल सामाग्री र खाद्यान्न वितरण गरेको छ । विहिवार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान र आवश्यकता अनुसार मास्क वितरण गरिएको थियो ।

पिपिई सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल लगायत यस क्षेत्रका २० स्वास्थ्य संस्था (सबै प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ्ग सेन्टर, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र) हरुमा पीपीई र मास्क हस्तान्तरण गरिएको थियो ।

सो क्षेत्रमा पर्ने सबै जसो स्वास्थ्य संस्थामा पीपीई र मास्क हस्तान्तरण गरिएको थियो । कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पीपीई र मास्क वितरण पछि लकडाउनका कारण अलपत्र नागरिकलाई सार्र्वजनिक रुपमा खाना खुवाइरहेका स्थानमा चामल आलु, दाल, नुन लगायतका खाद्य सामाग्री सहयोग गरेका थिए । सो क्षेत्रमा त्यस्ता खाना खुवाइएका १५ ठाउँमा पुगेर १ सय बोरा चामल, ५० प्याकेट आलु, दाल, नुन, तेल, केराउ लगायतका खाद्य सामाग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिनुभयो । 

त्यस्तै, सर्वसाधारणका लागि करिब २५ सय थान मास्क पनि वितरण गरिएको थियो । काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नं ३२ र ९ पर्छन् । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका पर्छ । ती सबै स्थानीय तहमा पुग्नेगरि राहत वितरण गरिएको हो ।

सो टोलीले शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठलाई पनि भेटघाट गरी केही थान आवश्यक पिपिई र मास्क हस्तान्तरण गरेका थिए । सुषमा मेमोरियल अस्पताल र पिपुल्स लाईफ केयर अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरणको लागि मेयर सुवर्ण श्रेष्ठ र उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ समेत सो टोलीका साथ पुग्नुभएको थियो ।

१ हजार थान मास्क कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले, १५५ थान पीपीई र १५ सय थान मास्क कांग्रेस क्षेत्रीय सदस्य मिनाज खान र खाद्यान्न सामाग्रीका लागि काठमाडौं २ का नेताहरुले सहयोग गरेका थिए ।

Facebook Comments Box