नेका शंखरापुर सभापतिमा दिलिप कुमार श्रेष्ठ विजयी


– कृशु श्रेष्ठ –
२०७८ असोज १६ गते
लावण्य/साँखु । नेपाली काँगे्रस शंखरापुर इकाई सभापतिमा संस्थापन ईतर समूहका दिलिप कुमार श्रेष्ठले ८६ मत प्राप्त गर्दै प्यानल सहित विजयी हुनुभएको छ । वहाँका प्रतिद्वन्द्वि सत्यमान लामाले ६८ मत प्राप्त गरेका थिए ।

जम्मा १ सय ५७ मत खसेकोमा ३ वटा मत बदर भएको थियो ।
त्यसैगरी उपसभापति द्वयमा मिलन खड्का र अमित प्रधान विजयी हुनुभएको छ । सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी हुनुभएको छ भने सह सचिवमा बसन्त थिं र श्रीराम लामिछाने विजयी हुनुभएको छ ।
सदस्यहरुतर्फ १० जना निर्विरोध भएका छन् भने बाँकी सबै दिलिप कुमार श्रेष्ठको प्यानल विजयी भएका छन् ।
Facebook Comments Box