नेचुरल सहकारीको खुद नाफा २ करोड ४३ लाख

लावण्य÷साँखु । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शर्मिला अमात्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले प्रस्तुत गरेको बार्षिक कार्यक्रम, बजेट तथा प्रगती प्रतिवेदन र लेखा समितिका संयोजक अच्युत काफ्लेले प्रस्तुत गरेको लेखासुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको छ ।
८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।
संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) गर्न सफल भएको पाठकले बताए ।
संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यस संस्थाले सदस्यहरुलाई एटिएम सेवा, मोबाईल बैंकिङ सेवा, मिस्ड कल बैंकिङ सेवा लगायतको सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.