पर्यटकीय गन्तव्यको रुपमा फिक्कल

– शान्ता बराल –

कान्तिपुर क्याम्पस

सिन्धुलीको ‘सिन्धुली गढी’ पछिको अर्को शान बन्न पुगेको छ ‘फिक्कल’ । पूर्व तर्फ रहेको फिक्कल मानिसहरुको लागि अहिले केन्द्रबिन्दु बन्न पुगेको छ ।

५ हजार मीटर उचाईमा अवस्थित रहेको यस स्थानमा गुराँस फेलेका पाखा र हरियाली वनले जो कोहिको मन लोभ्याउने गर्दछ ।

फिक्कलमा वनकाली देवी रहेको र देवीको नयाँ वर्षमा पूजा गर्ने धार्मिक चलन रहेको छ । कतिपय मनोरञ्जनको लागि जाने गर्दछन् (बाह्य र आन्तरिक गरी ५ हजार भन्दा बढी पर्यटकको आगमन सो समयमा हुने गर्दछ) । उक्त स्थानबाट सुनकोशी नदी, गौरी शंकर हिमाल, सूर्यास्त लगायत अन्य हिम श्रृंखलाहरुको साथ साथै पहाडहरु अन्य जिल्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ । उक्त स्थानमा रहेको बनले अझ धेरै शोभा बढाएको छ फिक्कलको ।

स्वर्गको रुपमा रहेको÷चिनिएको यस फिक्कलमा पर्यटक प्रवद्र्धनको लागि प्याराग्लाइडिङको व्यवस्था गरिएको साथै ल्हुम्बिदेखि फिक्कल सम्मको लागि पर्यटकहरुलाई मध्य नजर गर्दै सरल, सहज तरिकाले यात्रा गर्नको लागि बाटो पक्की साथै गाडीको व्यवस्था गर्ने पहल गरिएको छ ।

फिक्कल जाने क्रममा बाटोमा अति रमणीय गाउँहरु (ल्हुम्बिपोखरी, बिसौना, चनौटे) ठाउँहरुको दृश्य देख्न सकिन्छ । जाँदा बाटो अप्ठ्यारो, लामो दूरीको भएतापनि बाटोमा भएका वन, घर, वस्ती गुराँस फुलेका पाखाहरुले मानिसमा भएको थकान मेटाई एक आनन्द किसिमको शक्ति प्रदान गर्दछ ।

फिक्कलको अर्को विशेषता गुराँस र जुनार बन्न पुगेको छ । जसले गर्दा गएका वर्षहरुमा भन्दा यस वर्ष बढी पर्यटकहरु भित्रिएका छन् । पोखरी फाँट लगायतका अन्य फाँटहरुमा लह लह धानका बाला र पहेँला पाकेका जुनारहरुले जो कोहीको मन पगाल्न सक्छ ।

दुर्गम गाउँमा अवस्थित यस फिक्कलमा खासै राम्रोसँग सबै खालको विकास त भइसकेको छैन, भने विकास हुने क्रम जारी रहेको छ । फिक्कल विकासको लागि गाउँ पालिकाले विशेष बजेटको व्यवस्था गरी विकासको लागि सरकारको खासै चासो रहेको देखिँदैन । फिक्कल विकासमा सरकारद्वारा पनि विकासको लागि पहल हुनुपर्ने देखिन्छ ।

Facebook Comments Box