पालुङ सहरको इन्द्रायणी माई एक परिचय–७

जंगली राजकुमार प्रधान

पौराणिक नाम चिसापानी इलाका पालुङ सहर

जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ ।

हातको नङले छोडाएको धानको अक्षता (आख्यः) माना १

सुद्ध माटोमा उमारेको कालो भटमास – माना १

लाजा सुद्ध गरी भुटेको (धानको फूल) – लावा माना १

जट्टा नरिवल – १ वटा

नौ थरी सद्वीज – माना १

नौ थरी पूजा फल आवश्यकता अनुसार

पञ्चरङ्गी धागो (जजंकाः) आवश्यकता अनुसार

जलचरहरुमा – जिउँदो माछा एक जोर, जिउँदो च्यापाः माछा आठ औँला भएको एक जोर, सकेसम्म पाहा नभएमा जिउँदो भ्यागुतो एक जोर, आठ खुट्टे गंगटो एक जोर ।

स्थल जीव ः

जिउँदो चरा भँगेरा एक जोर, सर्प जिउँदो एक जोर, बोकाको टाउको एक, दाउरा आवश्यकता अनुसार, पैयूँको लिङ्गो चार, सादा कपडा सात मीटर ।

उपरोक्त सामग्री संकलन गर्नको लागि गुठी राखिएको छ । सो सामग्री भण्डार कोठामा जम्मा भएपछि रातमा मसानमा पैयूँको चार लिङ्गो चार सुरमा गाडिन्छ । सादा कपदाले बेरिन्छ । उपरोक्त सामग्रीहरु मसानभित्र लान्छ र इन्द्रायणी देवीको गलामा पञ्चरङ्गी धागोले बेरेर क्षेत्रपालमा ल्याई, क्षेत्रपाललाई पनि त्यसै धागोले बाँधेर होमको लिङ्गोमा बाँधिन्छ । अब त्यो मसानको चौ घेरो भित्र एक तान्त्रिक कर्माचार्य ठकु जुजु तीन पूजारी सहित भित्र बस्छ । त्यसपछि भित्र आगो बालेपछि अरु कसैले त्यहाँ भित्र हेर्न पाउने छैन, त्यसपछि कर्माचार्यले पी गं चालिस गवण देवी देवता, भूतपे्रत मसान उठाई खान दिन्छ । बोकाको टाउको, जट्टा नरिवल आगोमा होम गरिन्छ । त्यसपछि जल मसान, कलवीर मसान, आकाशदेवी, पातालदेवी, पञ्च महाभूत, ४९ वायु, जलदेवी, आदि इत्यादी चालिस गणका देवी देवता जुन रुपमा खान आउँछन् के के खाने भन्छन् जसले जे मागे पनि कालो भटमास र (आख्यः) अक्षताले आवश्यक अनुसार खाना बनाइदिन्छन् । यसरी मागेजति ४० गणका राक्षस देवी देवताहरुलाई इच्छापूर्ण भोजन खान दिन्छन् त्यसै अनुसार सर्प, भ्यागुता, माछा, देव दानव अनुसार विभिन्न जिवात्मा जिउँदै होम गर्दै खाक पार्दै लगेको हुन्छ । सबैलाई सन्तुष्ट पार्दै लगेको हुन्छ । बोकाको टाउको, जट्टा नरिवल खाक हुँदै जान्छ, होमको सामग्री पनि शेष हुदै जान्छ । होमको विधि पनि घट्दै जान्छ अन्तिममा अरु कोही बाँकी छ कि भनी प्रश्न गर्दा एउटा भयंकर राक्षस उत्पन्न भएर मलाई नरवली जन्माएर खान देऊ भनेर आउँछ, त्यस घडीमा कर्माचार्यले तान्त्रिक विधिबाट नरवली उत्पन्न गर्ने समय समाप्त भइसकेको हुनाले आजबाट यसै इन्द्रायणी देवीको इलाकाभित्र कुनै पनि मानिस या पशुप्राणीहरुलाई दुःख कष्ट नदिनु होला अबको १२ वर्ष पछाडि नरवली ल्याएर नरवली चढाउँला अहिले भने श्री भगवती पूजारीको अंग काटेर रगत चढाउँला भनेर भगवती पूजारीले धारिलो हतियारले आफ्नो बायाँ हातको कान्छी औँला रेटेर तुरुरु  रगतको धारो होमको आगोमा झारिन्छ । र, होम गर्ने कार्य समाप्त हुन्छ । अब स्यू का भ्वय् आरम्भ हुन्छ ।

स्यू का भ्वय् (वलीको प्रसाद सहितको भोज)को विधि ः

मसानमा होम गर्ने कार्य समाप्त भएपछि इन्द्रायणी मन्दिरको बाँयातर्फ खुल्ला चौरमा देवताहरुद्वारा सिठा, घोचाले बारेर (बले) छाप्रो बनाएको हुन्छ । त्यस छाप्रोमा तीन कवलका १६ द्वारहरुको सहोदर दाजुभाईहरुको ठाउँमा बसी भोज खाइन्छ । भोज खाइसकेपछि स्यू का भ्वय् सुरु हुन्छ । सबै बोकाको ठाउको आठ भागमा काटेको हुन्छ । जसमध्ये दायाँ आँखा, बायाँ आँखा, दायाँ कान, बायाँ कान, दायाँ बङ्गारा, बायाँ बङ्गारा, थुतुनो आचार्यलाई, जिब्रो पूजा राख्नेलाई यसरी स्यू का भ्वय् समाप्त हुन्छ । भोज समाप्त भएपछि छाप्रो बनाउने देउताहरुलाई नेग, जोगको रुपमा हरेक दाजुभाइहरुबाट एक÷एक पाथी चिउरा दिन्छ । यसरी स्यू का भोजको कार्य सकिएपछि भण्डार कोठामा एक माना चामलको भात पकाएर विधिपूर्वक पूजा गरेर चारै दिशामा चढाउन लान्छ । यो कार्यलाई सबै देवी देवतालाई विदा गर्नलाई चार दिशाको बाटो खोल्ने भनिन्छ । यसरी बाटो खोलेपछि देवी स्थानमा सबैले भोज चढाएर कँडालो उठाएर कँडालो भित्र दियो बालेर बाजागाजा सहित गाउँ भित्र्याइन्छ । यति कार्य सकिएपछि १६ द्वारहरुको जात्रा सकिन्छ । यति बेला विहान ३÷४ बजेको हुन्छ ।

कँडालोको अर्थ खुलाउने

बाजा बजाउने खलकको नामावली

बाजाको नामावली

भजन÷ दाफा के छन् ?

भाग–१०

अब तेस्रो दिनको जात्रा विधि ः

तेस्रो दिनको जात्रा आरम्भ गर्न सदा झैँ ठकु जुजुको घरबाट बाजा बजाएर पूजा लगिन्छ र सर्वप्रथम ठकु जुजुको पूजा गरिन्छ । र पूजा सकिएपछि नियमितरुपले अरु गाउँलेहरुको पूजा हुन्छ । तेस्रो दिन अघिल्लो दिनको पूजा भन्दा धेरै नै कमी हुन्छ । यसरी द्वित्तियाको दिनको पूजा समाप्त भएपछि अब रथ उठाउने पूजा ठकु जुजुको घरबाट ल्याई अन्तिम समापनको पूजा गरिन्छ । सो पूजा सकेर देवी देवताहरुसँग विदाई गरी क्षमा मागेपछि सर्वप्रथम द्यः नायःबाट देवीको श्रीबन्दी र पाता उठाई द्यः पा, गाउँ नाइके समेत साथमा राखि म्ह फोर देउताको बाटो भएर ल्हाङ्गाचा, पेंकुमारी भएर आफ्नो माइतीघर द्यः छेँ मा पु¥याइन्छ र देवीको आसनमा विराजमान गराइन्छ । त्यसपछि श्री गणेश, श्री कुमारी, श्री इन्द्रायणी, श्री भैरवको रथ क्रमशः उठाई सिन्दूर जात्रा गरी जय जयकार मनाई रथलाई नचाउँदै नचाउँदै माथितिर ल्याइन्छ । काठको साँघु खोला तरेर फाँटमा प्रवेश गरिसकेपछि रथ विस्तारै अघि बढ्छ । इन्द्रायणीले द्यः छेँ बाटै जात्रा गर्दै ल्याएको रथ अवलोकन गर्नुहुन्छ । (मुसुक्क हाँसेर)

रथ नेवार गाउँमा पु¥याई रोकिन्छ र, सबै घरको पूजा सकिएपछि गाउँबाट रथ उठाएर पुनः देउला गाउँमा लगेर राखिन्छ र जात्रा समाप्त हुन्छ । यसरी परम्परादेखि चलिआएको तीन वर्षे जात्रा यसै साल वि.सं. २०७३ मंसिर २८ गतेदेखि सुरु भएर मंसिर ३० गते समाप्त हुनेछ ।

श्री इन्द्रायणी कालिका माई, श्री अन्नपूर्ण भगवती, श्री काला भैरव तीन देवीले सबै श्रद्धालु भक्तजनहरुलाई सदा सदा कल्याण गरुन् ।

श्री इन्द्रायणी माइ कि जय !

(समाप्त)

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Facebook Comments Box