पिपल्स लाईफ केयर अस्पतालको दशौँ वार्षिकोत्सवमा विभिन्न ९ ओटा विधामा सम्मान गरि मनाइयो

लावण्य/साँखु । पिपल्स लाईफ केयर अस्पतालको दशौँ वार्षिकोत्सव समारोह शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरु तथा विभिन्न महानुभावहरुलाई सम्मान गरि मनाइएको छ ।
पिपल्स लाइफ केयर अस्पतालको दसौं वार्षिकोत्सव समग्रमा बीसौं (दश वर्ष क्लिनिक सेवा+दश वर्ष अस्पताल सेवा) पार गरेको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा मेयर नापितले भन्नुभयो– पिपल्स लाईफ केयर अस्पताललाई यस भेगका मानिसहरु लाईफ केयर भनेर मात्रै जान्दछन् । तर यो अस्पतालले दिईरहेको सेवा नीजि क्षेत्रबाट भएर पनि यहाँका आम जनतालाई अति आवश्यक सेवा दिईरहेको बताउँदै नगरपालिका स्वास्थ्य क्षेत्रमा पिपल्स लाईफ केयर अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको छ ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले भन्नुभयो– लाईफ केयर क्लिनिक हुँदै अस्पतालसम्म आउनु र यत्तिका वर्षको वहाँहरुको निरन्तर सेवा र सामाजिक कार्यमा अस्पतालले गरेको योगदानकै कारण यस क्षेत्रका जनता पिपल्स लाईफ केयर अस्पतालको सेवाहरुबाट लाभान्वित भएको बताउँदै अस्पतालले अझ बढी सेवा र सुविधा पु¥याउन सकोस् भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा एभरग्रीन मावि एवं सक्व क्याम्पसका प्राचार्य लकस श्रेष्ठले भूकम्प गएकै दिन तत्कालै अस्पतालले चउरमै बसेरै भएपनि तत्कालै भूकम्प पीडितहरुको लागि उपचारको सेवा थालेको प्रसंग सुनाउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष सूर्य तामाङले लप्सेफेदी जहरसिंपौवाका स्थानीयहरुले चिन्ने अस्पतालनै लाईफ केयर भएको बताउँदै यस अस्पतालको प्रगति हुँदै जाओस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा लाईफ केयर अस्पतालका डाईरेक्टर डा. राजन लुईटेलले भन्नुभयो– समाजसेवा गर्दा अलिकति सन्तुष्टी र एउटा कागजको खोज्टो पाउने हो त्यो पनि नपाउँदा कता कता चित्त दुःख्ने बताउँदै सोही कारण आफूले पनि यस वर्षबाट प्रत्येक वर्ष समाजमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न खोजेको बताउनुभयो ।
यस पटक अस्पतालले ईतिहासविद् प्रकाशमान श्रेष्ठ, वरिष्ठ ईञ्जिनियर राजदास श्रेष्ठ, पत्रकार एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक प्रकाशक पवन लाल श्रेष्ठ, नीजि शिक्षालयतर्फबाट उत्कृष्ट एभरग्रीन मावि, सक्व क्याम्पसका प्राचार्य लकस श्रेष्ठ, संस्थागत विद्यालय तर्फबाट उत्कृष्ट भगवती माविका प्राचार्य अनुप श्रेष्ठ, स्वास्थ्य क्षेत्रबाट बोध कुमारी बजगाइँ, समाजसेवी संगिता श्रेष्ठ, सलम्बुदेवी वन उपभोक्ता समितिका अध्यक्ष समाजसेवी राजकुमार थापा र जनप्रतिनिधितर्फबाट उत्कृट राधाकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष सोनाम तामाङ्ग, वडा नं. ८ का पोते थिङ, वडा नं १ का वडाध्यक्ष वेद नारायण दंगालको उपस्थिति रहेको थियो ।
यस पटक सम्मानपत्र ९ ओटा विधामा दिएइएको थियो । साथै आगामी वर्षहरूमा यस किसिमको कार्यक्रमलाई थप निरन्तरता दिने अस्पतालले जनाएको छ ।
कार्यक्रम लगत्तै अतिथिहरुबाट अस्पतालको निरीक्षण गरेका थिए । सो अवसरमा डा. राजन लुईटेलले आफुले अक्सिजन प्लान्ट स्थापना गरेपनि विद्युत आपूर्तिको समस्याका कारण प्लान्ट सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो । यस अक्सिजन प्लान्ट मात्र नभई रिफिलिङ प्लान्ट समेत भएकोले अस्पताललाई मात्र हैन यसले यस भेगकै आम जनतालाई समेत सहयोग हुने बताउनुभयो ।

Facebook Comments Box