पूर्वी शहरी विकास आयोजनाको नाममा रोक्का गरिएको जग्गा १० दिन भित्रै फुकुवा गरिने !


लावण्य/साँखु । शंखरापुर ९ सरोकार समिति २०७८ का पदाधिकारी एवं शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष घनश्याम थापा, परियोजनाका सिईओ एवं सरोकारवालाहरुबीच नगरपालिकामा भएको सहमति पछि तत्काल सरोकार समिति आन्दोलनमा नजाने र नगरपालिका र आयोजनाले पनि १० दिन भित्र रोक्का गरिएको जग्गा फुकुवा गर्ने सहमति भएको सरोकार समितिका अध्यक्ष धर्मराज कार्कीले बताउनुभएको छ ।

सो सहमति सँगै तत्कालै केही समयभित्रै स्थानीय ९ नं वडाबासीसँग परियोजनाको विषयमा छलफल एवं अन्तरक्रियाको लागि टोल टोलमा भेला गर्ने भएको छ ।

परियोजना र नगरपालिका एवं वडा नं ९ को समन्वयमा सरोकार समितिको समेत सहभागिता सुनिश्चित हुने गरी सार्वजनिक भेला गरि स्थानीय जनता एवं सरोकारवालाहरुसँग छलफल एवं अन्तरक्रिया पछि आवश्यकताको आधारमा जग्गा रोक्का गर्नुपर्ने भए त्यत्तिबेला नै निर्णय गर्ने समेत सहमति भएको बताइएको छ ।

Facebook Comments Box