प्रचेष्टा द्वैमासिकको पुनः प्रकाशन सुरु
लावण्य÷साँखु । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूको लेख, रचना, साहित्यलगायतका विषयवस्तु समेटिएको ‘प्रचेष्टा’ द्वैमासिकको पूर्णाङ्क २७ यही असार २० गते शुक्रबार सार्वजनिक भएको छ । झण्डै २० वर्षपछि पुनः प्रकाशन सुरु भएको उक्त पत्रिकाको विमोचन पत्रिकाका प्रथम प्रधानसम्पादक एवं प्रदेश नं ३ का प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले गर्नुभएको थियो ।
पत्रिका विमोचन गर्दै सांसद गोसाईले विद्यार्थीकालमा हरेक विद्यार्थीले साहित्यको अनिवार्य अध्ययन गर्नुपर्ने बताउँदै अध्ययन गरेका विद्यार्थीहरू चिरकालसम्म सधैँ सक्रिय र इमानदार रहने बताउनुभयो ।
२५ वर्ष पहिले प्रचेष्टा प्रकाशन सुरु गर्दाको अनुभव सुनाउँदै उहाँले समाजको निम्ति लेखक, कलाकार, साहित्यकार, विचारकलगायतका व्यक्तिहरूको सधैँ आवश्यकता रहने हुँदा पत्रिकाको पुनः प्रकाशनले यसमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले देशको शैक्षिक प्रणाली
मा परिवर्तन हुनुपर्ने र सामूहिक अध्ययन गर्ने शिक्षा प्रणालीको आवश्यकता रहेको बताउनुभयो । उहाँले पढाइसँगसँगै राजनीतिको विषयमा पनि हरेक विद्यार्थीले जानकारी लिनुपर्ने बताउनुभयो ।
मा परिवर्तन हुनुपर्ने र सामूहिक अध्ययन गर्ने शिक्षा प्रणालीको आवश्यकता रहेको बताउनुभयो । उहाँले पढाइसँगसँगै राजनीतिको विषयमा पनि हरेक विद्यार्थीले जानकारी लिनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका अध्यक्ष सबिन ख्याजूले सङ्गठनले दिएको हरेक जिम्मेवारी र निर्देशन इमानदारितापूर्वक पालना गर्नुपर्ने बताउनुभयो । उहाँले सानै उमेरदेखि विद्यार्थीहरूमा देशभक्तिपूर्ण भावनाको विकास गराउनुपर्नेमा जोड दिनुभयो ।
जन प्रकाशन गृहका संयोजक रमेश प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राविसङ्घ भक्तपुरका संयोजक मिलन गणेजू, विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिका अध्यक्ष मनिषा कोजूले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Facebook Comments Box