प्रधानमन्त्रीद्वारा संसद विघटनको घोषणा

– उर्मिला तामाङ –

कान्तिपुर क्याम्पस

आफ्नै पार्टीबाट पनि सहयोग नपाएको भन्दै प्रधानमन्त्रीले संसद विघटनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटनको घोषणा गरेसँगै यो विषयले ठूलो चर्चा पाएको छ । नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार प्रधानमन्त्री वा राष्ट्रपति पदमा रहेका व्यक्ति वा सरकारमा रहेका व्यक्तिले संसद विघटन गर्न हुँदैन÷पाइँदैन । प्रधानमन्त्रीले कानुनले गर्न नदिएको काम गरेको भन्दै देशभरी यो विषयले उग्र रुप लिएको हो । संसद विघटन भन्नाले मन्त्रिपरिषद् पुनर्गठन हुनु हो । विभिन्न पदमा बहुमत प्राप्त गरेर निर्वाचित भएका मन्त्री ओहोदाका सम्पूर्ण संसदहरुको कार्यकालको समाप्त संसद विघटनले गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र माओवादी पार्टी बीच पार्टी एकता भई बनेको दुईं तिहाई बहुमतको सरकार केपी शर्मा वलीको सरकारले संसद विघटनको घोषणा गरेको हो । पार्टी एकताबाट बनेको नयाँ दल नेकपामा दुई जना पार्टी अध्यक्ष रहनुभएको थियो । तर एक अर्काबीच नै समझदारी नभएपछि संसद विघटनको घोषणा गर्नुपरेको केपी शर्मा वलीको भनाई रहेको छ । आफ्नै पार्टीबाट पनि सहयोग नपाएको भन्दै प्रधानमन्त्रीले संसद विघटन गरेको खुलेको छ । यसरी पार्टीभित्र असमझदारी आइरहँदा प्रतिनिधि सभाको बैठक बस्न सहमति नहुँदा र प्रतिनिधिसभामा एक अर्काबीच भनाभनको स्थिति आइरहँदा यस्तो सरकार स्वतः ढल्ने वा बदर हुने भन्ने संवैधानिक नियम रहेको छ ।

संसद विघटनको घोषणा भएसँगै पार्टी पुनः दुई टुक्रामा विभाजन भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा वली आफु नै अध्यक्ष भएको बताउँदै आएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री पदबाट र आफ्नो पार्टीको अध्यक्ष पदबाट केपी शर्मा वलीलाई हटाइएको दावी गर्दै आएका छन् । देशमा मध्यावधी चुनाव हुनेमा भने दुवैको एक मत रहेको छ । यसरी पार्टीभित्र असमझदारी आउँदा अन्य साना दलहरु र प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसले पनि प्रतिगमनको विरोधमा विभिन्न आमसभा तथा ¥यालीहरु गरिरहेका छन् भने निर्वाचनको तयारीतिर पनि लागेका छन् ।

पूरै देशमा संसद विघटनले हंगामा मच्चाउँदा देशको राजनैतिक अवस्था भयावह भएको पाइन्छ ।

देशैभरी प्रतिगमनको विरुद्धमा आमसभाहरु भइरहँदा एउटा दलले अर्को दललाई लक्षित गरेर नाराबाजी गरिरहेका छन् । सबै आफ्नो दलको राम्रा पक्षको भाषण गरिरहेका छन् । यसरी देशमा मध्यावती चुनाव हुन सक्ने प्रचुर सम्भावना रहेको छ । संसद विघटनले नेपाली राजनीतिको प्रारुप नै परिवर्तन गरिदिएको छ ।

(प्रधानमन्त्री वलीले संसद विघटन गरेपछिको अवस्थामा लेखिएको यो आलेख प्रशिक्षार्थी पत्रकारको हो ।– सम्पादक)

Facebook Comments Box