बालकथा – सनत अर्याल जातक

एकदिन बाँदर एउटा जामुनको रुखमा चढेर मजासँग पाकेका जामुन खाँदै थियो । त्यसै रुखको फेदमा एउटा स्याल धेरै वर्षदेखि बस्दै आएको थियो । एकाबिहानै बाँदरको त्यो चर्तिकला देखेर स्याल रिशले आगो भयो र तलैबाट बाँदरलाई गालीगलौज गर्न थाल्यो । बाँदर पनि कम थिएन । आफूले खाएका जुठा जामुनले स्याललाई हिर्काउन थाल्यो । त्यसपछि त झन् स्याललाई खपिनसक्नु भयो । उसले धारे हात लगाउँदै बाँदरलाई सराप्न थाल्यो, “तू आफू घर नबनाउने अनि अरुको पनि बिगार्दै हिँड्ने मापाको । मेरो रुखको जामुन खाने आँट कसरी गरिस्, ए बजिया ?” त्यो सुनेर बाँदर पनि पाखुरा सुर्किंदै जंगियो”, तू नि तू, लोभी, डाडे, आफू रुख चढेर खान नसक्ने अनि अरुले खाएको पनि देखिनसक्ने, खूब राम्रो भैखाको ?” यी दुईको झगडा सुनेर एउटा हात्ती उनीहरूको अगाडि आएर भन्न थाल्यो, “ए मूर्खहरू हो ! व्यर्थको झगडा गरेर किन समय खेल फाल्छौ ?” तिमीहरूले जतिसुकै झगडा गरे पनि कसैको जित हुूदैन र अन्त्यमा दुवैको हार हुनेछ । किनभने “दुवै आगो हैन, एउटा आगो भए अर्को पानी हुनुपर्छ अनि मात्र झगडा शान्त हुन्छ । त्यसैगरी जबसम्म रिश, डाहा, घमण्ड जस्ता झगडाका बीउलाई जरैदेखि उखेलेर फ्याँक्दैनौं तबसम्म कहिल्यै शान्ति ल्याउन सकिन्न ।” यति भन्दै हात्ती आङ्खनो बाटो लाग्यो । स्याल र बाूदरले केही बोल्नै सकेनन् । उनीहरूले एक(अर्काको मुख हेराहेर गरे अनि पछुताउँदै आ–आफ्नो बाटो लागे । (साभार ः जातक कथा)

Facebook Comments Box

277 thoughts on “बालकथा – सनत अर्याल जातक

Leave a Reply

Your email address will not be published.