बुर्कोमालाको पानी साँखुका उपभोक्ताको धारामा

लावण्य/साँखु । साँखु बजारको खानेपानीको श्रोत बढाउनको लागि बुर्कोमालाबाट ल्याईएको पानी इन्टेक मार्फत् मुख्य ट्यांकीमा पु¥याए सँगै यही शनिवार देखि साँखु बजारका उपभोक्ताहरुको धारामा खानेपानीका नियमित हुन थालेको छ ।

बुर्कोमालाबाट ३ इन्चको पाईप मार्फत् पानी ल्याईएपछि तत्कालै साँखु बजारको खानेपानीको समस्या हल भएको छ ।

यही चैत्र २५ गतेदेखि सुरु गरिएको सो पाईप लाईन बिस्तार कार्य सकिएसँगै साँखुमा खानेपानीको अभाव हटेको छ । करीब २००० मीटर ई. को ल.ई. अनुसार पाईप बिछ्याइएको हो ।

लक्ष्य अनुसार काम सकिए पछि साँखुका उपभोक्ताहरु रमाउन थालेका छन् । शुक्रवार बुर्कोमालाको पानी इन्टेकमा खसाल्न परीक्षण गर्नेक्रममा साँखुका उपभोक्ताहरु बुर्कोमाला र लप्सेफेदीको इन्टेक भएको स्थानमा पुगेका थिए ।

साँखु बजारको खानेपानीको समस्या हल भएसँगै साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिनेश लाल श्रेष्ठले यस कार्यमा सहयोग गर्ने सबै सहयोगीहरु सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

यसैबीच यही चैत्र २० गते साँखु खानेपानी उपभोक्ता समिति, धुल्बु वन उपभोक्ता समिति, फेदी साँखु खानेपानी समन्वय समिति बीच भएको सहमति पत्र यही बैशाख १ गते शंखरापुर नगरपालिकाका मेयर एवं खानेपानी व्यवस्थापन समितिका संयोजक सुवर्ण श्रेष्ठ, वडा अध्यक्षहरु बुद्धिबहादुर तामाङ, विष्णु प्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठको उपस्थितिमा धुल्बु वन उपभोक्ता समितिका अध्यक्ष शीवप्रसाद गौतम र फेदी साँखु खानोपानी समन्वय समितिका अध्यक्ष कान्छा प्रसाद तिवारीलाई सहमति पत्रको कपी हस्तान्तरण कार्यक्रम यही  बैशाख ६ गते शंखरापुर नगरपालिकामा भएकोछ ।

Facebook Comments Box