बूढीगंगाको पछिल्लो अपडेट : एमाले पाँच र कांग्रेस दुई वडा विजयी

लावण्य/साँखुं । बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा छन् । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि छन् । उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गरेकी छन् ।

अहिले सम्म वडा नम्बर १, २, ३, ७, ८, ९ र १० को मत परिणाम आइसकेको छ । एमालेले पाँच र कांग्रेसले दुई वडा जितेको छ । वडा १ मा एमालेका रणबहादुर थापा, दुईमा एमालेका पदमबहादुर भण्डारी, तीनमा एमालेकै खड्कबहादुर अधिकारी, वडा ९ मा एमालेका मीनबहादुर सिंह र १० मा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ भने वडा ७ मा कांग्रेसका भुवन सिंह केसी र ८ मा कांग्रेसका रमेशबहादुर रावल निर्वाचित भएका छन् ।

Facebook Comments Box