भक्तपुर १ (ख) मा सुरेन्द्रराज गोसाई विजयी

भक्तपुर–१(ख) मा गोसाई बाहेक सबै उमेदवारको जमानत जफत 

८ मंसिर २०७९, बिहीवार

लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१(ख) को प्रदेश सभा सदस्यमा नेमकिपाका सुरेन्द्र राज गोसाईले २९ हजार ७०४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

गोसाईले निकटतम प्रतिद्वद्वि काँगे्रसका भुजुलाई २६ हजार ५४३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ गोसाईको विपक्षमा रहेका सबैको मत जोड्दा ८ हजार ४९२ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि गोसाईलाई हराउन २१ हजार २१२ मत आवश्यक हुन्छ ।

आयोगका अनुसार यहाँ नेमकिपाका विजयी उम्मेदवार सुरेन्द्रराज गोसाई बाहेक सबैको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” निर्वाचन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ ।

उक्त दफा अनुसार भक्तपुर–१(ख) मा जमानत जोगाउन ३ हजार ८१९ मत ल्याउनुपर्ने थियो । तर, त्यत्ति मत कुनै पनि विपक्षी उम्मेदवारले पाएनन् ।

यो क्षेत्रमा नेपाली काँगै्रसका पवन भुजुले ३ हजार १६१, नेकपा एमालेका नारायण सुन्दर सिन्ताले २ हजार ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box