मेरो अमेरिका यात्रा –१४


. राजदास श्रेष्ठ
भान्जा मतुराजाले बरोबर फोन गरेर ल्याउँथ्यो कस्तो बसाई न्यूयोर्कमा दिनेश भाईकहाँ भनेर हरेकजसो बेलुका हामी तिनजनाको कुरा हुन्थ्यो एक डेढ घण्टासम्म पनि खाना खाँदै वाईन पिउँदै यसरी कुरा गर्दा कहिले अमेरिकाको कहिले नेपालको विशेष गरेर हाम्रै गाउँ साँखुको धेरै रमाईला लाग्थ्यो यसरी नै बस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो मलाई तर दिन बित्दै जाँदा आफुले कतै कुनै काम नपाउँदा मनमा चिन्ता बढ्न थाल्यो आफुसँग भएको अलि अलि पैसा धमाधम कम हुँदै गयो
नेपालबाट श्रीमतीको बरोबर फोन आउँथ्यो कम्प्युटरमा मेसेजहरु आउँथ्यो के कस्तो अमेरिकामा काम केही मिल्यो कि मिलेन भनेर काम खोज्दैछु, छिट्टै मिल्छ धन्दा चिन्ता नलिनु, बस्न पनि हाम्रै साँर्खुकै एकजना भाईकहाँ बसिराखेको छु, खान बस्नको व्यवस्था राम्रो भनेर श्रीमतीलाई सान्त्वना दिन्थेँ
वास्तवमा खान बस्नको व्यवस्था धेरै नै राम्रो थियो दिनेश भाईकहाँ न्युयोर्कमा बेलुकी उनी कामबाट फर्केपछि उनीसँग खाना पकाउँदै गफ गर्दै जाँदा मलाई साँखुमै बसेको जस्तो लाग्थ्यो उनी खाना पनि धेरै मिठो पकाउँथ्यो आफ्नै हातले श्रीमतीलाई समेत आफै पकाएर ख्वाउँथ्यो सबै खाना हाम्रो घरमा जस्तै नेवारी स्टाईलमै पकाउने एकदम मसालादार तेल तताएर झ्वाइँ झुइँ गरेर भान्छाभरि धुँवा उडाउने गरी विभिन्न मसलाहरु राखेर माछा मासु पकाउँथ्यो कहिले काहिँ भान्छाबाट धुवाँ छिमेकीहरुको कोठामा पनि पुग्थ्यो तरकारी पकाएको कडा बास अरुको कोठामा जाँदा छिमेकीहरुसँग सानो तिनो झगडा पनि हुन्थ्यो तर कसैसँग कुनै कुरामा झैझगडा गर्न नडराउने रहेछ दिनेशको बानी ट्याक्सीमा जाँदा आफुले भनेको ठाउँमा ट्याक्सी रोकिकन अलि पर गएर रोक्यो भनेर ट्याक्सी ड्राइभरलाई नै पिटिदिएछ एक दिन ट्याक्सी ड्राइभरले पुलिस बोलाएर समात्न लगाएछ दिनेशलाई एक रात पुलीस थानामा थुनेर ल्याएछ यसरी झैझगडा गर्ने कसैसँग नडराउने स्वभाव पहिले साँखुमा हुँदा खेरि देखिकै बानी रहेछ उसको विभिन्न ठाउँमा बेला बखत यस्तो झगडा भएको कुराहरु रमाईलो पाराले सुनाउँथ्यो मलाई
अनि खाना साना खाईसकेपछि सुत्न जानु अगाडि मलाईगुड नाईट भन्दै भोलि जानुस् काम खोज्न राजदाई, घरमा मात्र नबस्नुस् दिनभरी भन्थे काम खोज्दैछु ठाउँ ठाउँमा कन्ट्याक्ट गर्दैछु भन्थे दिनमा एक दुई घण्टा सहर बाहिर जान्थेँ कामको खोजीमा न्युयोर्कमा कोजी आईजल्याण्ड भन्ने एक ठाउँ , समुद्र किनारमा अत्यन्त राम्रो सुन्दर प्रायः त्यहाँ डुल्न जान्थेँ
प्राय जसो लोकल टे« चढेर फोनी आईजल्याण्ड हेर्दै ठाउँ ठाउँमा गएर समय बिताउँथे साँझ पख घर फर्किन्थेँ घरमा आएर फेरी बजारबाट किनेर ल्याएको पत्रिकाहरु पढ्थेँ रोजगारीको विज्ञापनहरु हेर्थेँ दुई चार ठाउँमा आफुलाई मिल्ने जस्तो काम देख्दा फोन गरेर सोध्ने गर्थेँ प्रायजसो रसियन कम्पनीहरुमा कन्ट्याक्ट गर्थेँ कोनी आइजल्याण्डमा रसियनहरुको बाक्लो बस्ती रहेछ थुप्रै रसियन पसलहरु होटेल रेष्टुराँ रहेछ वर्षसम्म रसिया (तत्कालीन सोभियत संघ) मा पढेर बसको त्यहीँ बिहे गरेर परिवार पनि बनाएको हुनाले रसियन समाज मलाई धेरै मन पथ्र्यो रसियन खाना पनि औधी मन पर्छ रसियन खाना खानु भन्दा पनि खानाको बास नै पनि धेरै मन पर्छ सुरु सुरुमा रसिया जाँदा रुसी खानाको बास नै मन नपर्ने खाना खान होटेल भित्र छिर्न नै मन मान्दैनथ्यो तर वषएको बसाईले रसियन खाना यति मन ¥यो कि अहिले पनि आफै रसियन खाना सुप बनाउँछु साथिहरुलाई आफन्तलाई ख्वाउने गर्छु रुसी खाना धेरै पौष्टिक स्वास्थ्यवद्र्धक रुसमा हामीकहाँ जस्तो चामलको भात, दाल तरकारी खाने चलन छैन त्यत्रो विशाल सोभियत भूमिका कतै पनि धान रोपिँदैन जस्तो लाग्छ त्यसकारण त्यहाँ भात खाने चलन पनि छैन तर बजारमा चामल चाहिँ कि
न्न
पाइन्छ, सायद विदेशीहरुको लागि होला आयातित चामल जति पनि किन्न पाइन्छ एक एक किलोको प्याकेटमा नेपालको कुनै चाड पर्व हुँदा हामी सोभियत संघमा पढ्ने विद्यार्थी साथीहरु मिलेर साँझ बजार गएर मासु चामल किनेर ल्याउँथ्यौँ मासु भात मज्जाले खाईन्थ्यो
चाडबाड बाहेक कसैको जन्मदिन हुँदा अथवा कोही साथीहरु नेपालबाट आउँदा पनि मासु भात भोड्काको पार्टी हुन्थ्यो धेरै जसो नेपालबाट साथीहरु रुस आउँदा जिरा, खुर्सानी जस्ता मसलाहरु बोकेर ल्याउँथे कसैले मसला ल्याएको थाहा पाउने बित्तिकै मासु भातको डिनर पार्टी हुन्थ्यो आफु बस्ने होस्टेलका साथीहरुबीच
नेपालको सोभियत संघसँग दौत्य सम्बन्ध भएपछि धेरै नेपाली विद्यार्थीहरु सोभियत संघमा उच्च शिक्षा हासिल गर्न जान थाले त्यसमध्ये पनि थिएँ एकजना त्यसबेला नेपालमा राजतन्त्र नै भएपनि सोभियत संघले नेपाललाई आफ्नो एक मित्रराष्ट्र सरह नै व्यवहार गथ्र्यो हजारौँ नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न निःशुल्क छात्रवृत्ति प्रदान गथ्र्यो धेरै जसो विद्यार्थीहरु नेपालमा प्रविणता प्रमाणपत्र तह (इन्टरमिडियट) १२ क्लास सकेर उच्च शिक्षाको लागि विदेशिने चलन थियो त्यसबेला निःशुल्क छात्रवृत्तिमा
त्यसकारण विदेशमा छात्रवृत्ति अन्तरगत पढ्न जाने ईच्छाले गर्दा कलेजमा विद्यार्थीहरु धेरै मिहिनेत गर्थे अधिकतम अंक ल्याएर फस्ट क्लास सेकेण्ड क्लासमा पास गरेर विदेशमा पढ्न जान्थे
यसरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु प्रायः विज्ञान विषय पढेर मेडिकल डाक्टर इञ्जिनियरिङ्ग पढ्न जान्थे त्यसबेला कोलम्बो (श्रीलंकाको राजधानी) प्लान अन्तरगत सबभन्दा बढी विद्यार्थीहरु नेपालबाट जान्थे कोलम्बो प्लान अन्तरगत धेरैजसो विद्यार्थीहरु इण्डिया जान्थे, इञ्जिनियरिङ्ग, मेडिकल साईन्स कृषि विज्ञान (एग्रीकल्चरल इञ्जिनियरिङ्ग) पढ्न
कोलम्बो प्लान पछि सायद सोभियत संघको छात्रवृत्ति अन्तरगत नै होला धेरै नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि दिेश जाने सोभियत संघ जाने विद्यार्थीहरुमध्ये पनि धेरैले इञ्जिनियरिङ्ग विषय नै पढ्थे त्यसपछि मेडिकल साइन्स कलेजमा गणित विषय लिएर पढ्ने विद्यार्थी सारा इञ्जिनियरिङ्गमा जान्थे बायोलोजी (प्राणीशास्त्र) पढ्ने विद्यार्थीहरु मेडिकल साईन्समा मेडिकल साइन्स पढ्न जानेमा धेरै महिला छात्राहरु पनि हुन्थे जब कि इञ्जिनियरिङ्गमा प्रायः केटाहरु नै बढी मात्रामा सन् १९७६ मा केमिकल इञ्जिनियर भएर फर्कँदा नेपालमा सोभियत संघबाट फर्केका डाक्टर इञ्जिनियरहरुको संख्या हजार भन्दा बढी थियो होला विद्युत विभाग, सडक विभाग, भवन विभाग खानी विभागमा छ्यासछ्यास्ती सोभियत उत्पादित इञ्जिनियरहरु थिए नेपालका विभिन्न हस्पिटलहरु पनि सोभियत संघबाट उत्पादित मेडिकल डाक्टरहरु थिए
त्यो समय हामी सोभियत संघबाट फर्केका डाक्टर इञ्जिनियरहरुको एक गौरवशाली समाज नै थियो बेला बखत मिकुञ्ज नामको एक मैत्री क्लब अन्तरगत हामी एकवद्ध थियौँ मित्रकुञ्ज अहिले पनि रुसी साँस्कृतिक केन्द्र कमलपोखरी भित्र रहेर सक्रिय भैरहेको अवस्था यसले रुस नेपाल बीच मित्रता सद्भाव कायम राख्न समय समयमा विभिन्न शैक्षिक तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको सुनिन्छ बेलाबखत चित्रकला प्रदर्शन गरेको पनि थाहा पाएको यस्तै चित्रकला प्रदर्शनमा हाम्रै शंखरापुर, सक्व देशका एक नाम चलेका चित्रकार भाई शंकर सन श्रेष्ठले पनि आफ्नो चित्रकलाको प्रदर्शन गरेका थिए उहाँसँगको भेटमा केही महिना अघिमात्र यो कुरा उहाँले मलाई भन्नुभएको थियो अति शिपालु चित्रकार भाई शंकर सनको कलाकृति नेपालका लागि रुसी राजदूत महामहिम स्वयंले अवलोकन गर्नुभएको थियो शंकरसनजीको निक्कै प्रशंसा गर्नुभएको थियो रे !
रुसी साँस्कृतिक केन्द्रमा बेला बेलामा हुने यस प्रकारको चित्रकला प्रदर्शनहरुमा धेरै स्वदेशी तथा विदेशी कला पे्रमीहरुको उपस्थिति हुन्छन् कलाकृतिहरुको राम्रो विक्रीवितरण पनि हुने गरेको कुरा भाई शंकरसनले बताउनुभएको थियो हाम्रो भेटघाटमा प्रायःजसो मेरो निवासमासक्व सभाहल मा
कुनै बेला स्वयं सन् १९८० ताका सोभियत साँस्कृतिक केन्द्रमा कार्यरत थिएँ एक द्वैभाषिकको रुपमा एक प्रशासकीय रुपमा
त्यसबेला उक्त साँस्कृतिक केन्द्र कमलपोखरी सरेको थिएन, पुतली सडकमा पद्मोदय हाईस्कुल अगाडि तत्कालीन पञ्चायत व्यवस्थाको स्वास्थ्य मन्त्री माननीय सुशिला थापाजीको घरमा बहालमा लिएर बसेको थियो यो केन्द्र सँगै मेरा श्रीमती भ्यालेन्टिना श्रेष्ठ पनि कार्यरत थिईन् यस केन्द्रमा भ्यालेन्टिनाले यस केन्द्रमा रहेको पुस्तकालयको व्यवस्थापन गर्नुहुन्थ्यो भने मेरो काम दैनिक प्रशासनमा सहयोग गर्नु थियो केन्द्रका निर्देशकज्यूलाई बेलाबखत नेपाल भ्रमणमा आउने साँस्कृतिक टोलीहरुको सुव्यवस्था गर्नु थियो उक्त डेलीगेसनका नायकहरुलाई देशका विभिन्न ठाउँहरुको अवलोकन गराउनु थियो
यसै सन्दर्भमा एकचोटी एउटा ठूलो उच्चस्तरीय सोभियत साँस्कृतिक टोली काठमाडौँ आएको थियो यस टोलीमा एकजना विशिष्ट व्यक्ति पनि सामेल हुनुहुन्थ्यो सोभियत संघका अन्तरीक्ष यात्री यूरी मालिशेभ अत्यन्त भलादमी हँसिलो फुर्तिलो अन्तरीक्ष यात्री मालीशेभ सँगै हुनुहुन्थ्यो सोभियत उत्तर ओशेसिया स्वायत्त गणराज्यका महामहिम राष्ट्रपति पनि डेलीगेसन नेपालमा केही दिन बसेका थिए विभिन्न ठाउँमा डेलीगेशन जाँदा सधेँ उहाँहरुको साथमा थिएँ काठमाडौँमा बस्दा यस डेलीगेसनका उच्च सदस्यहरुको कार्यक्रम अनुसार त्यसबेलाको राजदरवारको दक्षिणढोकामा गएर आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको थियो भने एक साँझ सोभियत अन्तरीक्ष यात्री यूरी मालीशेभसँग टुँडीखेल भद्रकाली नजिक अवस्थित सैनिक मुख्यालयमा गएर एक सोभियत सैनिक सम्बन्धी फिल्मको प्रदर्शन गर्न गयौँ प्रदर्शन हल सैनिक अफिसरहरुले भरिएको थियो हलको पछिल्लो भागमा अन्तरीक्ष यात्री यूरी मालीशेभ त्यसबेलाका सैनिक कमाण्डर (सेनाध्यक्ष) प्रधान सेनापति बीचमा बसेर सोभियत फिल्म अवलोकन गर्दै गर्दा उहाँहरुबीचको भलाकुसारी वार्ताको द्वैभाषिक सहजकर्ता भएको थिएँ नेपालको सेनाध्यक्ष सोभियत अन्तरीक्ष यात्रीको बीचमा बसेर द्वैभाषिक (इन्टरपे्रटर) हुन पाउनु पनि एउटा सौभाग्य नै ठानेँ मैले …….
(प्रतिक्रियाको lwsandesh@gmailcom_




Facebook Comments Box

Leave a Reply

Your email address will not be published.