मेरो अमेरिका यात्रा –२३
अमेरिकाबाट फर्केपछि –३
हो म जस्तै अमेरिका आउने प्रायः सबै नेपाली भाईबहिनीहरु शारीरिक परीश्रम नै गरिबसेका हुन्छन् । कमै मात्रामा बौद्धिक तथा शैक्षिक क्षेत्रमा कार्यरत देखिन्थे । बरु भारतबाट आउने त्यो पनि विशेष गरेर दक्षिण भारतबाट आउने धेरै संख्यामा युवा युवतीहरु इन्फर्मेशन टेक्नोलोजी (संचार प्रविधि) मा काम गरेर बसेका देखिन्थे ।
ती मध्येपनि धेरै जसो प्राविधिकहरु कम्प्युटर साइन्स पढेर आएका हुन्थे र माइक्रोसफ्ट कम्पनीमा काम गर्ने धेरैलाई भेटेको थिएँ मैले वासिङ्टन राज्यको सियाटल सहरमा । त्यो बाहेक धेरै भारतीयहरुको ठूला ठूला व्यापार व्यवसाय हुन्छन् भने, क्यालिफोर्निया राज्यमा प्रचुर मात्रामा कृषि उत्पादन गरी बसेका छन् पञ्जावी मूलका भारतीयहरु ।
त्यस बाहेक प्राय प्रत्येक राज्यको प्रत्येक सहरमा भारतीय रेष्टुराँहरु भेटिन्छन् । गुजरातबाट आएका भारतीयहरु प्राय लज र होटल चलाएर बसेका देखिन्थे ।
भारतीयहरुको अनु्पातमा नेपालीहरुको संख्या कम हुनु स्वाभाविक नै हो र त्यसमा पनि प्रायः नेपालीहरु शारीरिक परीश्रमीकै रुपमा गएका हुन्छन् अमेरिकामा । महिलाहरु धेरैजसो हाउसवाइफ र बेबी सीटरमा काम गरेका हुन्छन् भने केटाहरु अलि बढी कडा परीश्रम गर्नुपर्ने निर्माण क्षेत्रमा, खाद्य स्टोरहरुमा र होटल रेष्टुराँहरुमा काम गरेका हुन्छन् । होटल रेष्टुराँमा पनि बढी मात्रामा ईण्डियन रेष्टुराँमा नै हो नेपालीहरुले काम गर्ने र त्यस मध्ये म पनि परेँ एकजना इण्डियन रेष्टुराँहरुमा काम गर्नेमा ।
इन्डियन रेष्टुराँमा काम गर्नुो मुख्य कारण हो, एक त भाषाको समस्या नहुनु (अलि अलि अंगे्रजी बुझे पनि हुन्छ, यी रेष्टुराँमा काम गर्न र हिन्दी भाषा त प्रायः सबैले बुझेकै हुन्छन् ।) दोस्रो कारण हो खानाको । इण्डियन खाना र नेपाली दाल, भात, तरकारी, रोटी र खानाको केही समस्या हुँदैन । बिहान, दिउँसो, बेलुका तीनै छाक खाना फ्री मै पाईन्छ र बस्नलाई पनि प्रायः रेष्टुराँहरुले फ्री मै कोठाहरु उपलब्ध गरिदिएका हुन्छन् । तर एउटा कोठामा ५÷६ जना र कहिले काहिँ ७÷८ जना पनि बस्नुपर्ने हुन्छ, भेडा बाख्रा जस्तै गोठमा ।
ती रेष्टुराँका मालिकहरुले रेष्टुराँ नजिकै कतै एउटा फ्लाट भाडामा लिएका हुन्छन् । त्यही फ्लाटमा राख्छन् रेष्टुराँमा काम गर्ने सबै स्टाफलाई । फ्लाटमा अमेरिकन स्टाण्डर्ड अनुसार सबै सुविधा उपलब्ध हुन्छन्, जस्तो नुहाउने ठाउँ (बाथरुम), खाना पकाउन किचेन र बिल्डिङको भुइँ तल्लामा एक सार्वजनिक लुगाधुने कोठा पनि हुन्छ । लुगा धुने कोठामा ३–४ वटा ठूल ठूला वासिङ मेशीन जडान गरिएका हुन्छन् । सब कुरा ठीकै लाग्छ, तर एउटै कोठामा ४–५ जना केटाहरु राखेर पैसा जोगाउने काम जे गर्छ त्यो चाहिँ अमानवीय र शोषण नै जस्तो लाग्छ मलाई ।
बस्ने ठाउँमा मात्र होईन काम गर्ने ठाउँमा पनि ठगिएकै हुन्छन् कामदारहरु प्रायः सबैजसो इन्डियन रेष्टुराँहरुमा । रेष्टुराँ मालिकहरुले विशेष गरेर त्यहाँ नियुक्त गरिएका मेनेजरहरुले काम गर्ने वेटरहरुलाई (परिचारकहरु) म्याक्सिमम कडाईका साथ काम गर्न लगाउँछन् तर महिनाको अन्त्यमा काम अनुसारको अथवा भनिए अनुसारको तलब दिँदैनन् विभिन्न बहानामा । कहिले रेष्टुराँले नाफा कमाउन सकेन भनेर त कहिले वेटरहरुले काम राम्रो गरेन भनेर । प्रायः रेष्टुराँमा वेटरहरुलाई हजार देखि पन्ध्रसय (१०००–१५००) डलर दिने भनेर राख्छन् तर वर्षभरीको हिसाब गर्दा उनीहरुले सालाखाला ७–८ सय डलर मात्र पाउँछन् र कसै कसैले त २–३ महिनाको तलब नै छाडेर रेष्टुराँ
छोडेर जान्छन् ।
तलब बाहेक ग्राहकहरुले खाना खाईसकेपछि दिने टिप्समा पनि धेरै गडबड गर्छन् रेष्टुराँ मालिकहरु । रेष्टुराँमा काम गर्ने वेटरहरु, कुकहरु, भाँडा माझ्ने कामदार तथा बाथरुम ट्वाईलेट सफा गर्ने कामदारहरुले अलि कमाउने भनेकै ग्राहकहरुले दिने टिप्सबाट हो । त्यसैले ग्राहकहरुबाट बढी भन्दा बढी टिप्स पाउने आशाले कामदारहरु सबै मिलेर म्याक्सिमम सेवा दिने प्रयास गर्छन् र ग्राहकहरु राम्रो टिप्स पनि दिएर जान्छन् ।
तर कामदारहरु आ–आफ्नो काममा दौडादौड गरी व्यस्त रहेको बेला काउन्टरमा बस्ने मेनेजर अथवा रेष्टुराँ मालिकले आएको टिप्सको पैसामा धेरै चलखेल गरेर पैसा लुकाउँछन् र एक हजार १२ सय डलर एक साँझको डीनरमा आएको छ भने ७–८ सय डलरमात्र हिसाब देखाउँछन् मेनेजर अथवा साहुले, र रेष्टुराँ बन्द भएपनि झगडै हुन्छन् यो पैसाको बारेमा पटक पटक ।
तर रेष्टुराँ मालिकहरुको यो कर्तुत बुझ्ने केटाहरुले आफ्नो ठाउँबाट पनि विभिन्न तरिकाले मालिकहरुलाई ठगेका हुन्छन् । कसैले टिप्समा दिएको पैसा आधी आफ्नो खल्तीमा हाल्छन् र कसै कसैले ग्राहकहरु गैसकेपछि टेबुलमा छोडेर गएको सबै टिप्स चोरेर लिन्छन् र काउन्टरमा गएर ग्राहकले एक पैसा पनि टिप्स छोडेन भनी उजुरी गर्छन् ।
अनि ठग्ने काम बढी मदिरा बेच्ने बारमा काम गर्ने बारम्यानहरुले गर्छन् । कुनै ग्राहक बारमा आएर ४–५ पेग ह्वीस्की वा अन्य ड्रीङ्क्स खाएर क्यास तिरेर गयो भने २–३ पेगको मात्र बील लेखेर काउन्टरमा बुझाउँछन् र बाँकी क्यास आफ्नो खल्तीमा हाल्छन् । यसरी ठग्ने कामहरु धेरै जसो ठूल ठूला पार्टी हुने बेलामा हुन्छन् । जब मेनेजरहरुको दृष्टी सबै ठाउँमा पुग्न सक्दैन । रेगुलर डीनर बाहेक महिनामा २–३ चोटी रेष्टुराँहरुमा ठूल ठूला पार्टीहरु आयोजना गरिएका हुन्छन् । जहाँ २ सय, ३ सय मानिसहरु आउँछन् । त्यसबेला मास कन्ट्रोल गर्न धेरै गाह्रो हुन्छ र खाना र ड्रीङ्क्सको लागत पनि राम्ररी राख्न सकिँदैन ।
यस्तै मौकामा बारम्यान र वेटरहरुले धेरै पैसा आफ्नो खल्तीमा राख्न सफल हुन्छन् र बारमा काम गर्ने केटाकेटीहरुले त ४–५ बोटल मदिराहरु लुकाएर पनि लान्छन् । बोटल लुकाएर लाने तरिा पनि गज्जबको हुन्छ ।
धेरै जसो कसो हुन्छ भने बारमा ग्राहकहरुलाई ड्रीङ्क्स दिईसकेपछि खाली भएको बोटलहरु बारको कुनामा वा भान्छाको कुनामा राखिएका प्लाष्टिकका ठूल ठूला ट्रासहरुमा राखिन्छन् ।
त्यही ट्रासहरुमा बीच बीचमा रक्सीले भरिएका (नखोलिएका) बोटलहरु पनि फालिदिन्छन् र पछि काम सकिएपछि ती सबै गार्बेज (फोहर) रेष्टुराँबाट बाहिर लगिन्छन् अनि त्यही ठाउँमा बारमा काम गर्ने मानिस मध्ये एक दुई जना अघि लुकाएका (फालिएका) बोतलहरु टिपेर लान्छन् । ती फोहरले भरिएका भाँडाहरुबाट ।
यसरी लुकाएर (चोरेर) लगेका बोटलहरु बारम्यानहरु मध्ये एकजनाको फ्लाटमा वा कोठामा थुपारी राख्छन् र धेरै बोटलहरु भएपछि ती बारम्यानहरु मिलेर एक ठाउँमा राति स्पेश ककटेल पार्टी मनाउँछन् रातभरी आफ्ना साथीहरु र ग्राहकहरु बोलाएर, र ती चोरेर ल्याएको रक्सी बेचेर फेरी नयाँ आम्दानी गर्छन् । यस प्रकारको गतिविधिले गर्दा धेरै रेष्टुराँहरु टाट पल्टेका हुन्छन् त्यही अमेरिकामा । र मैले काम गरेका रेष्टुराँहरुमध्ये ५–६ वटा रेष्टुराँहरुको यस्तो हविगत भएको थियो मेरै आँखा अगाडि ।
त्यसरकारण अमेरिका एउटा ठूलो धनी राष्ट्र भएपनि यहाँ भित्र यस्ता धेरै अनैतिक र अपराधिक कामहरु भैराखेका हुन्छन् थुपै्र ठाउँमा थुपै्र क्षेत्रमा ३–४ वटा रेष्टुराँ मैले आफैले पनि महिनौँ दिनको तलब नलिईकन छाडेर गएको थिएँ र एउटा रेष्टुराँबाट त मैले नेपाल फर्किसकेपछि मात्र मैले पाउनुपर्ने ३–४ हजार डलर मध्येबाट एक हजार डलर पाउन सकेँ ।
रेष्टुराँको मेनेजर अलि हरामी
नै भएपनि मलाई अलि मान गथ्र्यो र म प्रति कृतज्ञ नै थिए, किन की मैले नै गर्दा उनको झण्डै झण्डै डुब्न लागेको रेष्टुराँ रसियनहरु बोलाएर “इन्डो रसियन” फ्युजन रेष्टुराँ खोल्न लगाएको थिएँ । केही महिना धेरै राम्ररी चल्यो “इन्डो रसियन” खाना सहितको नयाँ रेष्टुराँ । तर बढ्दो ग्राहकहरुको माग अनुसार रेष्टुराँले लगानी बढाउन सकेन र बिस्तार बिस्तार सेवा र सुविधाहरु घट्दै गयो र रसियन ग्राहकहरु आउन छोडे, र रसियन पार्टनरहरु पनि छुटेर गए । अनि रेष्टुृराँ फेरि पुरानै अवस्थामा फर्कियो र मेनेजरले मलाई मेरो ४–५ महिनाको तलब दिन नसक्ने कुरा ग¥यो । अनि मैले पनि उसैको सल्लाह अनुसार त्यूयोर्क राज्यको रोचेस्टर सहरमा एउटा नयाँ फटाहा इण्डियनको रेष्टुराँमा काम गर्न गएँ जहाँबाट मलाई ईमिग्रेसन (अध्यागमन) का मानिसहरु आएर पक्रेर लगे सुतिरहेको आफ्नो कोठाबाट ………… क्रमशः ……… ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)