मेरो अमेरिका यात्रा –९

– राजदास श्रेष्ठ

बन्दी गृहको एउटा खुला हलमा विभिन्न अपराधिक कार्यमा संलग्न विभिन्न देशका बन्दीहरुको क्षेत्रमा आफूलाई पाउँदा एकक्षण मलाई ठूलो हीनताबोध भयो । हिन्दी फिल्महरुमा कैदीहरुलाई त्यस्तै पाइजामा र टी–सर्टमा ठूल्ठूला ढुंगा खानीमा काम गराईराखेका दृश्यहरुको याद आयो र
“के सोचेँ मैले ….
के भयो ऐले … ”
भन्ने एउटा नेपाली फिल्मी गीतको सम्झना आयो मनमा । तर आफुले सकेसम्म संयम धारणा गर्दै म हलभित्र पसेँ र त्यहाँका मानिहरु कराउन थाले “कुन देशको” मैले पनि उनीहरुकै जस्तो ठूलो स्वरमा भनेँ “नेपाल … ! !”
“ओहो नेपाल !” वेलकम वेलकम ! भनेर सबैजना कराए र एकजना २०–२२ वर्षको केटो मेरो नजीक आएर मेरो हातबाट मैले बोकिराखेको एउटा तकिया र दुईवटा तन्नाहरु लिएर एउटा क्याबिनमा लगे र मेरो बेड (ओछ्यान) मिलाई दिए । सबै कैदीलाई एउटा तकिया र दुईटा बिछ्यौना ढाक्ने तन्ना दिएको रहेछ । र हरेक हप्ता तन्ना र तकियाको खोल धुनलाई लिन आउँथ्यो ।
मेरो बेड मिलाईदिने केटो एक मेक्सिकन रहेछ र उनले टुटेफुटेको अंगे्रजीमा मलाई भन्न थाले “यो तिम्रो बेड हो ।” र केही धन्दा मान्नु पर्दैन – म पनि यही क्याबिनमा बस्छु माथिल्लो तल्लामा । हलको एकाछेउमा क्याबिनहरु रहेछ । प्रत्येक क्याबिनमा चार चार वटा बेडहरु, दुईटा माथि दुईटा तल रेलको डिब्बामा जस्तै ।
मैले उसलाई स्पानिश भाषामा धन्यवाद (ग्रासियास आमीगो) भने । आमीगो भनेको “साथी” भनेजस्तै हो । मैले स्पानिश बोलेकोमा ऊ धेरै खुशी भो र सोधे “कहाँ सिकेको स्पानिश” भने । मैले भनेँ म पाँच वर्ष भो अमेरिका बसेको । अमेरिकाबाट जहाँ तहीँ स्पानिश भाषा बोल्ने ल्याटीन अमेरिकनहरु भेटीन्छन् । त्यसमध्ये धेरै जसो मेक्सिकनहरु, अनि अरु दक्षिण अमेरिकाका देशहरु जस्तै ग्वाटेमाला, कोष्टारिका, उरुग्वे, पाराग्वे, बोलिभिया आदि देशहरुबाट आएका हुन्थे र तिनीहरुमध्ये धेरैजसो अवैधानिक तरिकाले आएका हुन्थे र कोही लुकिछिपी बसेका हुन्थे भने कोही शरणार्थीका रुपमा ।
यसरी अत्यधिक मात्रामा विदेशी शरणार्थीहरुको ओईरो लागेकोले नै हो हाल अमेरिकी राष्ट्रपतिले मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरा उठाई राखेको ।
तर धेरै जसोलाई यो लागिरहेको छ कि आप्रवासीहरु र शरणार्थीहरुको आगमन त्यो पर्खालले छेक्न सक्दैन र मलाई पनि त्यस्तै लाग्छ । र यो एक विश्व अर्थ राजनीतिक समस्या हो जुन राजनीतिक तरिकाबाट मात्र सुल्झाउन सकिन्छ ।
मैले त्यो केटोलाई धन्यवाद भन्दै दुई चार शव्द स्पानीश भाषामा बोलेँ । मैले स्पष्ट सँग स्पानीश बोलेकोमा ऊ अलि आश्चर्य चकित भो र मलाई मेरो बेडमा बस्न लगाएर आफ्नो खाटको मुन्तीरबाट एउटा स्याऊ निकालेर दिँदै भने–
“खानुस्, दिनभरी भोकै होला तपाइँ” अहिले आधाघण्टामा डिनर आउँछ । मैले फेरी “मुई ग्रासियास” धेरै धन्यवाद भन्दै स्याउ लिएँ तर खान मन थिएन र पछि खान्छु भने ।
ऊ सँग यसरी कुरा गरिरहँदा एकजना अग्लो (झण्डै ६ फुटजति अग्लो) केटो टाउकोमा फित्ता बाँधिराखेको पञ्जावी जस्तो हाम्रो सामु उभिन आए र भने मलाई “नेपाल ! …. कैसे हो आप ”
साँच्चिकै पञ्जावी नै रहेछ उनी र मलाई भन्न थाले “केही चिन्ता न लिनु नेपाल, सब ठीक हुन्छ । यहाँबाट निस्केपछि मेरो बुबालाई भेट्न जानु ….. मेरो बुबाको मोटर कारखाना छ उनी धेरै धनी मानिस हो । उसले तिम्रो सब समस्या सुल्झाई दिनेछ ।”
“मैले सोधेँ अनि तिमी कसरी त यहाँ जेलमा मैले सोधेँ ।”
“बिचराको कारले किचेर एउटा मानिसको मृत्यु भएको रहेछ । त्यही केसमा जेल परेको रे !”
“एक वर्ष भैसक्यो अहिलेसम्म टुङ्गो लागेको छैन ।” भन्थे ।
कुरा
गर्दा गर्दै डीनर आइपुग्यो । २५–३० जना जति थिए केटाहरु । सबैजना चार चार जना गरी आ–आफ्नो टेबुलमा बसे र दुईजना कैदीहरुकै मध्येबाट केटाहरुले डीन बाँडी थिए । र म पनि त्यही पञ्जावी केटा र अरु दुईजना स्पानीश केटाहरुसँग एउटा टेबुलमा बसेर खाना खान थालेँ, आ–आफ्नो भाग । कसैलाई खाना बढी भयो भने आफ्ना सँगैका टेबुलका साथीहरुलाई सोधेर दिने रहेछ । हेदा सबै मिलनसार र एउटै परिवारका जस्तो लाग्यो र यस प्रकारको माहौलले गर्दा मेरो मन अलि हलुका भो । र म एक जेलमा होइन एउटा होस्टेलमा बसेको जस्तो अनुभव भयो ।
डीनरपछि केहीबेर टेलिभिजन हेरियो । हलको बीचभागमा एउटा टेलिभिजन जोडिएको रहेछ । टेलिभिजन त्यस हलको वार्डेन (एक अफिसर)ले खोल्ने बन्द गर्दो रहेछ ।
सुत्ने समय भएपछि टेलिभिजन र बत्ति निभाई दिन्थ्यो । बत्ति निभेपछि कोही कसैले सुन्नेगरी कुरा गर्न पाउँदैन । कसैले आफ्ना साथीसँग ठूलो स्वरमा कुरा ग¥यो भने वार्डेनको खवरदारी आउँथ्यो र चुप लाग्न अर्डर दिन्थ्यो । हलभित्र ठूलो अनुशासन रहेछ पछि पछि बुझ्दै जाँदा । केही गरी अटेर गरेर कसैले अनुशासन भंग ग¥यो भने तल अण्डरग्राउण्डमा लान्छन् रे ! अन्डरग्राउण्डमा रहेछ वास्तविक जेल, चिसो छिँडीमा खोरहरु बनाएका छन् रे त्यहाँ लग्यो भने धेरै कष्ट हुन्छ रे ! त्यसकारण बन्दीहरु सबै अनुशासन पालना गरेर बस्छन् ।
दुई तिन दिन पछि विस्तार विस्तार सबै कुरा बुझ्दै आएँ र त्यहाँको वातावरणमा म अभ्यस्त हुँदै आएँ । २५–३० जना सँग परिचित हुँदै गएँ । दिनको एक दुई जना जेलबाट छुट्दै जान्थे र एक दुई जना नयाँ मानिस पनि आउँदै गर्थे । निरन्तररुपमा चल्दै रह्यो यसरी । र ३–४ दिनपछि एउटा नयाँ इण्डियन केटो पनि ल्याईयो । त्यो नयाँ केटो त्यो अग्लो केटोसँग बस्न गयो र दुईजना राम्रा साथी भए उनीहरु । दुवैजना मसँग पनि धेरै मिलनसार भए र निकट आफ्ना जस्तै भए । एकाबिहान हामी बिहानको खाना बे्रकफास्ट गरिरहँदा त्यो नयाँ केटो गालामा हात राखेर बसे टेबुलमा र केही खानेकुरा पनि खाएन, मैले सोधेँ “क्या हुआ भैयाँ ?”
“दाँत दुःखेको छ धेरै । रातमा राम्ररी निद्रापनि लागेन । बु्रफीन (पेन कीलर) खाएर सुतेको भने ।
उसको कुरा सुनेर मैले भनेँ “जाउँ म कहाँ । म तिमीलाई उपचार गरिदिन्छु ।” बे्रकफास्ट सकिएपछि सबैले आफ्नो टेबुल सफा गर्नुपर्ने । तर मलाई कसैले काम गर्न दिएन । मेरो काम उनहिरुले नै गरिदिन्थे ।
मैले त्यो केटोलाई मेरो क्याबिनमा लगेँ र एक घण्टा जति उस्को दुःखेको ठाउँमा “रेकी” उपचार गरिदिएँ । धेरै हलुको भएको महसुस भएछ उसलाई र पछि सुत्न गयो आफ्नो क्याबिनमा । हल दुई तल्लाको थियो । तल्लो तल्लामा दशवटा जति क्याबिन र माथि बाल्कोनी जस्तोमा ५ वटा क्याबिन । ती दुई ईण्डियन साथीहरु माथि बाल्कोनी क्याबिनमा बस्थे र बिहान उठ्नेवित्तिकै मलाई “नेपाल …… ” भनेर बोलाउँथे त्यो पगरीवाला ६ फुट अग्लो पञ्जावी र जहिले पनि भन्थे जेलबाट निस्केपछि उस्को बाउलाई भेट्न जान । मैले हुन्छ हुन्छ थ्यान्क्यू भन्थेँ र खाना खाँदा उसले आफ्ना भागमा परेको मासु सबै मलाई दिन्थ्यो किनकी ऊ साकाहारी जस्तै मासु ज्यादै कम खान्थ्यो ।
भोलिपल्ट बिहान त्यो इण्डियन केटो हाँस्दै आयो बिहान बे्रकफास्ट खान र मलाई धन्यवाद दिँदै भन्यो आज राति बु्रफीन नखाइकन सुतेँ । मलाई पनि ज्यादै खुसी लाग्यो उसको दाँत दुःखेको कम भएकोमा र मैले दुई तिन दिन फेरि लगातार उसलाई उपचार गरिदिएँ र ३–४ दिनपछि दाँत दुःखेको पूरा निको भो ।
यो कुरा सबै कैदीहरुबीच फैलियो कि म “रेकी” उपचार गर्छ भन्ने । अनि त एक दुई गर्दै थुपै्र मेक्सिकनहरु म कहाँ आउन थाले । कसैको दाँत नै दुःखेको, कसैको कम्मर दुःखेको, कसैको घुँडा दुःखेको । सबैलाई मैले पालो पालो उपचार गरिदिएँ । तर जब तिनीहरु मेरो क्याबिनमा लाइन बस्न आ
ए उपचारको लागि त्यस हलका वार्डेनले मलाई सचेत गरेर भने यसरी जीउमा छोएर उपचार गर्न मनाही छ भनेर । अनि मैले केही दिन उपचार गर्न बन्द गरेँ मेरो क्याबिनमा । र, एउटा नयाँ जुक्ति निकालेँ । त्यस हलको एउटा कुनामा एउटा कोठा (१०÷१० फीटको) रहेछ, जहाँ बिहान बिहान कसैलाई ब्यायाम गर्न, योग गर्न, नमाज पढ्न (मुस्लीम धर्मावलम्बीहरुको लागि) बनाएको ।
मैले त्यही कोठा बिहान बिहान र दिउँसो, साँझ पनि प्रयोग गर्न र साथ साथै “रेकी उपचार” गर्न पनि । धेरै जनाको उपचार गरियो र यसकारण त्यस जेल भित्रका सबै जना म देखि खुसी भए र त्यहाँ गर्नुपर्ने काम जस्तै ट्वाईलेट सफा गर्ने, भुँइ पुछ्ने, टेबुल पुछ्ने, नुहाउने स्नानघर सफा गर्ने कुनै पनि काम मैले गर्नु परेन र मलाई गर्न दिईएन, मेरो पालो आउँदा कसै न कसैले गरिदिन्थ्यो । त्यहाँका कैदीहरुको म प्रतिको यस मायाले गर्दा मलाई त्यो ठाउँ जेल जस्तो महसुस भएन बरु एक धर्मशाला जस्तो लाग्यो जहाँ बसेर मैले त्यसको बदलामा उनीहरुको स्नेह र माया पाएँ ……. क्रमशः ..
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Facebook Comments Box

112 thoughts on “मेरो अमेरिका यात्रा –९

Leave a Reply

Your email address will not be published.