मैले काठमांडौं उपत्यलाई धेरै बेर सम्म नियाली बसे: 

• हिक्मत डंगोल

ब्रिटिस लेखक दम्पति बब र शान्  लण्डन बाट आफै कार हॉकेर ३ महिना लगाएर ७० को दशकमा पहिलो पटक काठमांडौं आएका थिए। केही समय यहॉ बसी नेपाल बारे अध्ययन र अनुसंधान पनि गरेका थिए। नेपाल बारेमा विभिन्न सामग्री जुटाएर गाईड पुस्तक प्रकाशित गरे । उनको यो पुस्तक पश्चिमी मुलुकका पाठकहरूले खुब चाख मानेर पढिदिए। त्यसताका नेपालीको जन जीवन , इतिहास , सामाजिक रहन सहन का बारेमा थिए । उनको नेपाल बारेमा थुप्रै पुस्तकहरू पनि प्रकाशित भयो । यसरी उनी पश्चिममा मुलुकका नागरिकहरू माझ छाए । सिनियर कलाकार चन्द्रा श्रेष्ठ को अन्तवार्ता लिन काठमांडौ आएका बखत आज मंगलवार दिउँसो दुवै दम्पति काठमांडौं गेस्टहाउसको ड्रीम गार्डेनको प्रॉगणमा भेटिए । 

अन्तवार्ताकै क्रममा आनन्ददायी क्षणहरू एक पछि अर्को उतार्दे पोको खोल्दै सुनाए – “ ७० दशकको शुरूवातमा हामी यहॉ आउँदा हिप्पीहरू  नै आएको थिएन। म मेरी श्रीमतीलाई लिएर कार हॉकेर आउँदा काठमांडौं उपत्यकाको प्राकृतिक सम्पदा र संस्कृति देखेर औधी प्रभावित भएको थिएँ । त्यस बेला हामी सामान्य पर्यटकको रूपमा आएका थियौं। उतरी तर्फ विशाल सेतो हिमालय थियो। शिवपुरी बाट बागमति नदी स्वच्छ भएर बगिरहेको थियो। जहॉ हेर्यो उतै हरियाली फॉट मनमोहक देखिन्थ्यो। खेतहरू धानका बाला र तोरीका फूलले ढकमक्क ढॉकेका थिए । त्यस बखत काठमांडौमा चक्रपथको निर्माण नै भईसकेको थिएन। नयॉ सडक देखि टेकु सम्म पिच बाटो थियो। त्यहॉ बाट बाटो बनिसकेको थिएन।” उनले एकै सासमा सुनाए। 

५० वर्ष पछि काठमांडौंको रूप रेखा नै अर्को भएको छ। पहिला आउँदा सानो शहर लाग्ने अहिले विशाल भैसकेको छ। जताततै घर नै घर भएकोले काठमांडौंको संस्कृति सम्पदा नै हराएको आभास हुन्छ । यिनको उचित संरक्षण नगरे नेपालले जीउँदो इतिहास लाई गुमाउने छ। “ यसो भन्दा बबको अनुहारमा गंभीर भाव देखिन्थ्यो। बबको कुरा सुन्दा उनी नेपाली संस्कृति भने पछि हुरूक्कै हुँदा रहेछन।

Facebook Comments Box