म नेपाली – दिक्षा पौडेल, रेडियन्ट एकेडेमी

नेपाल मेरो जन्मभूमी म नेपालकी छोरी
दक्षिणमा चुरे तराई उत्तर हिमालचुली
बिचमा छन् पहाडहरु हरियाली वन
सिँगार्नु छ नेपालीलाई गरी धेरै श्रम ।
हामी हाँसे धर्ती हाँस्ने हामी रोए रुने
नेपालमा हिमाल छन् आकाश नै छुने
नेपाली भई जन्मदा गर्व लाग्छ मलाई
देशको लागि तयार छु म सधैँ मर्नलाई ।
जातभात एउटै हो सबै नेपाली
साग सिस्नो खाए पनि हामी नेपाली
शान्ति सुख समृद्धी कर्म गरे पाइन्छ
जति जन्म लिउँ मलाई नेपाल नै चाहिन्छ ।।

Facebook Comments Box

52 thoughts on “म नेपाली – दिक्षा पौडेल, रेडियन्ट एकेडेमी

Leave a Reply

Your email address will not be published.