यतिल्याण्डद्वारा भूकम्पपीडितलाई सहयोग
साँखु÷गत सोमबार जेठ २५ गते यतिल्याण्ड कम्पनीले आफ्ना स्वेटर बुन्ने भूकम्प पीडित कामदारहरुलाई लक्षित गरि साँखुमा राहत वितरण गरेको छ । उक्त कम्पनीका बाबुकाजी श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर छिमे शेर्पाले उक्त राहत वितरण गरेको हो । सो राहत वितरणको क्रममा भूकम्पबाट कुनै किसिमको पनि क्षति नभएकालाई रु. ३ हजार प्रोत्साहनस्वरुप वितरण गरेको थियो भने घर चिरिएको तर बनाएर बस्न मिल्नेलाई रु. ६ हजार तथा बस्न नमिल्ने गरि घर भत्केकाहरुलाई रु. २० हजार र स्वेटर बुन्ने कामदारको मृत्यु भएकाको परिवारलाई रु. १ लाखको सहयोग गरेको थियो साथै सबै मजदूरलाई १÷१ थान त्रिपाल समेत वितरण गरिएको थियो ।
Facebook Comments Box